हेटौंडा,२३ माघ । मकवानपुर बहुमुखी क्याम्पसको ३८ औं वार्षिक उत्सबको अबसरमा स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसले आयोजना गरेको सप्ताहाब्यापी बिबिध कार्याक्रम अन्तरर्गतको एकल नित्य प्रतियोगिताको लागि ७ जना छनौट भएको छ ।
क्याम्पसमा भएको अडिसनबाट ७ जना मात्रै फाईनल राउण्डको लागि छनौट भएको स्वबियु सदस्य तथा एकल नित्य प्रतियोगिताको संयोजक सुजन ढकालले जानकारी दिएका छन् । अडिसनबाट फाईनलमा प्रवेश गर्नेहरुमा बिर बहादुर ब्लोन,ठाकुरराम थिङ,रिता कुमारी महर्जन,बिपना चौलागाई,मलिशा घताने,बिपना शर्मा लगाएताका रहेका छन् । फाईनलमा प्रवेश गर्ने ७ जनामध्येबाट २८ गते कार्याक्रम समापनको दिन अन्तिम प्रस्तुति राख्दै उपाधिका लागि प्रतिस्पर्ध गर्ने छन् । अडिसनमा निर्नायकाको भूमिका नित्यकर्मी पेमा लामाले निभाएको थियो । अडिसन लिने क्रममा स्ववियु अध्यक्ष कुमार बहादुर केसी,उपाध्यक्ष शिशिर पराजुली,स्ववियु सदस्य सुदन बिक,सुजन ढकाल लगाएतको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-