काठमाडौं, २५ माघ ।
साउदी अरबमा नेपालीको स्वास्थ्य जाँच नेपाली कन्सुलेट जनरल जेद्दाको आयोजना र जेद्दा तथा जजान शहरमा क्रियाशील नेपाली समुदायको सहभागितामा साउदी अरबमा स्वास्थ्य जाँच तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।जजान तथा जेद्दा क्षेत्रमा कार्यरत नेपाली श्रमिकको उल्लेख्य उपस्थिति रहेकोसो कार्यक्रममा नेपालीको स्वास्थ्य अवस्था र नेपाली श्रमिकको मृत्युको कारण रबच्ने उपायबारे पनि चर्चा गरिएको थियो ।सो अवसरमा साउदी अरबका लागि नेपाली राजदूतमहेन्द्रसिंह राजदूत साउदी अरबमा अवस्थितदुवै नेपाली नियोगको उपस्थितिमा पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरिएको बताउँदै सबै सरोकार भएका निकाय मिलेर काम गरेमा त्यहाँ कार्यरत नेपालीको हित प्रवद्र्धन गर्न सकिने बताउनुभएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेखछ ।
कार्यक्रममा ११५ जनाको स्वास्थ्य परीक्षणगरिएको थियो । जजान शहरको अलअदनानमा भएको उक्त कार्यक्रममा रियादका लागि नेपाली उपनियोग प्रमुख आनन्द शर्मा, नेपाली महावाणिज्यदूतावास जेद्दाका कावा महावाणिज्यदूत रेवतीरमण पौडेललगायतको उपस्थिति थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-