२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

भन्सार राजस्वको १० करोड हिनामिनागरि दाजुभाइ फरार

दैलो न्युज दैलो न्युज
फाल्गुन ५, २०७४ १६:४८ मा प्रकाशित
भन्सार राजस्वको १० करोड हिनामिनागरि दाजुभाइ फरार
ShareTweetPin
 विराटनगर फागुन ५
भन्सार राजस्वको १० करोड हिनामिनागरि दाजुभाइ फरार भन्सार महसुलबापतको करोडौं रकम बैंकमा जम्मा नगरी हिनामिना गरेकोखुलेपछि कारबाही थालिएको छ । दुई भन्सार एजेन्टले महसुलबापत दिनुपर्ने रकम बराबरको चेक बुझाए पनि सम्बन्धित बैंक खातामा पर्याप्त रकम उपलब्ध नभएपछि अनियमितता खुलेको हो ।आयातित सामानको ‘क्लियरिङ’ गर्दा बैंकमा जम्मा गर्नुपर्ने करोडौं रकम जम्मा नगरी हिनामिना गरेको आरोपमा प्रहरीले विराटनगर भन्सार परिसरमा रहेको राष्ट्रिय वाणिज्य बैंकको ‘सुक्खा बन्दरगाह शाखा’ का वरिष्ठ सहायक अधिकृत तोर्ण राउतलाई पक्राउ गरेको छ । राजस्व हिनामिना गर्ने काममा सघाएको आरोपमा उनलाई बैंकको क्षेत्रीय कार्यालयबाट बुधबार पक्राउ गरिएकोहो ।उनीमाथि करिब १० करोड रुपैयाँ हिनामिना गरेको आरोप छ । मोरङका प्रहरी नायब उपरीक्षक अरुणकुमार बीसीका अनुसार राउतलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ । उजुरीका आधारमा थप अनुुसन्धान भइरहेको उनले बताए ।भन्सार राजस्वबापत विराटनगर भन्सारका एजेन्ट सुरेश बोहोरा र सहयोगी ललित बोहोराले बुझाएको ‘एकाउन्टपेयी’ चेकको सम्बन्धित खातामा पर्याप्त रकम नभएको पाइएकोबैंकका क्षेत्रीय प्रबन्धक राजेन्द्र कट्टेलले बताए । एजेन्टर उनका सहयोगी बोहोरा दाजुभाइलाई नियन्त्रणमा लिन प्रहरीले खोजी गरिरहेको छ । रकम हिनामिना भएको सार्वजनिक भएसँगै दुवै फरार भएका छन् । उनीहरूले सुनसरी–मोरङ औद्योगिक क्षेत्रका व्यावसायिक प्रतिष्ठानले आयात गर्ने सामानको भन्सार क्लियरिङ गर्दै आएका थिए ।एजेन्ट र तिनका प्रतिनिधि मुख्य रूपमा संलग्न यो घटनामा वाणिज्य बैंकका कर्मचारीको भूमिका पनि शंकास्पद देखिएको छ । ‘गुड फर पेमेन्ट’ चेक लिनुपर्नेमा ‘एकाउन्टपेयी’ चेकमार्फत कारोबार सहज बनाइएको भन्दै वाणिज्य बैंककोकाममा पनि शंका गरिएको हो ।विभिन्न वस्तु आयात गरेबापतको महसुल करिब १० करोड रकम बैंकमा जम्मा गर्नुपर्ने थियो । बोहोराद्वयले आयातित सामान भन्सारपास गर्नका लागि ‘क्लियरिङ’ गर्ने क्रममा भन्सार परिसरमा रहेको राष्ट्रिय वाणिज्य बैंकको ‘सुक्खा बन्दरगाह शाखा’ मा प्रस्तुत गरेको चेक ‘बाउन्स’ भएको थियो ।बैंकका एक अधिकृतका अनुसार उनीहरूले रकमबापत जम्मा गरेको चेकसम्बन्धित प्रक्रियाबाट क्लियरिङ गर्न खोज्दा बैंक खातामा पर्याप्तरकम नभएको पाइएको थियो । बैंक स्रोतका अनुसार एजेन्टहरूले बुझाउनुपर्ने रकम सम्बन्धित खातामा जम्मा नभएको पाइएपछि पटकपटक रकम दाखिला गर्न ताकेता गरिएको थियो । तर, आलटाल गर्दै आएका उनीहरूले केही दिनमै रकम बुझाउने बताउँदै आएको स्रोतले जनायो ।घटनाको जानकारी बैंकको केन्द्रीय कार्यालयसम्म पुगेपछि त्यहाँबाट खटेर आएका तीनजना वरिष्ठ कर्मचारीले अनुसन्धान गरिरहेका छन् । केन्द्रीय कार्यालयका अपरेसन विभाग उपप्रमुख नारायण सुवेदीको नेतृत्वमा तीनजनाको छानबिन टोली आएको हो ।बुधबार दिनभर विराटनगरको रानीस्थित बैंकको क्षेत्रीय कार्यालयमा बसेर उनीहरूले सम्बन्धित कागजात अध्ययन गरेका थिए । यो घटनासँग सम्बन्धित भन्सारका कागजात, बैंक अभिलेखलगायत झिकाएर टोलीले अध्ययनगरेको हो । अध्ययनपछिबुधबारै यसबारे मोरङ प्रहरीमा मुद्दा दर्ता गरेको छ ।विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारीले बैंक र सम्बन्धित पक्षबीच हुने नगद जम्माको प्रक्रियामा भन्सारको संलग्नता नहुने बताए । ‘आवश्यक रकमबैंकमा जम्मा भएपछि हामीलाई त्यसको अभिलेख दिनुपर्छ,’ उनले भने,‘रकम कसरी जम्मा भयो वा भएन भन्ने कुरा बैंक र एजेन्टहरूले नै जान्ने कुरा हो ।’ जम्मा गरिएको अभिलेख आएपछि आयातित सामान ‘क्लियरेन्स’ गरिने उनको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

पोखरा विमानस्थलको निर्माण कार्य ८४ प्रतिशत सकियो

पोखरा विमानस्थलको निर्माण कार्य ८४ प्रतिशत सकियो

एडिबीद्धारा सरकारलाई ३ करोड बढीको स्वास्थ्य सामग्री हस्तान्तरण

एडिबीद्धारा सरकारलाई ३ करोड बढीको स्वास्थ्य सामग्री हस्तान्तरण

टुटल र पठाओलाइ अवरोध नगर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको निर्देशन

टुटल र पठाओलाइ अवरोध नगर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको निर्देशन

बि.आर.एन.ब्रदर्सले गर्याे सुजुकीको एस–प्रेसो को सर्वजनिक, यस्ता छन् सुबिधाहरू

बि.आर.एन.ब्रदर्सले गर्याे सुजुकीको एस–प्रेसो को सर्वजनिक, यस्ता छन् सुबिधाहरू

दक्षिण एसियाकै सबैभन्दा आधुनिक औद्योगिक पार्क दमकमा निर्माण गर्ने समझदारी

दक्षिण एसियाकै सबैभन्दा आधुनिक औद्योगिक पार्क दमकमा निर्माण गर्ने समझदारी

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us