२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

तमुवान—मगराँत प्रदेश नामाकरण उपयुक्तः मन्त्री थापा जेठ २० को जनप्रदर्शनमा विद्यार्थी महासंघले स्वयमसेवकको जिम्मा लिने

दैलो न्युज दैलो न्युज
जेष्ठ २८, २०७५ १०:५९ मा प्रकाशित
तमुवान—मगराँत प्रदेश नामाकरण उपयुक्तः मन्त्री थापा  जेठ २० को जनप्रदर्शनमा विद्यार्थी महासंघले स्वयमसेवकको जिम्मा लिने
ShareTweetPin

पोखरा,  २८ जेठ

४ नं. प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले प्रदेशको नामाकरण तमुवान—मगराँत उपयुक्त रहेको बताउनुभएको छ ।

नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ कास्कीद्धारा पृथ्वीनारायण क्याम्पसमा आयोजित कार्यक्रमका प्रमुख अतिथि मन्त्री थापाले पहिचान, सभ्यता, ऐतिहासिकताको सम्बोधन गर्न तमुवान—मगराँत प्रदेश नामाकरण गर्नुपर्ने बताउनुभयो। तमुवान—मगरातलाई जातियताको भ्रममा नपर्न विद्यार्थीहरुलाई आग्रह गर्नुहुदै सहमतिमा जाँदा प्रदेशमा नाम तमुवान—मगरात—गण्डकी हुन पनि सक्ने बताउनुभयो।

प्रदेश नामाकरणका लागि ११ जिल्लामा सुझाव संकलन गर्दा तमुवान—मगराँत सुझाव धेरै आएको छ त्यस पछि गण्डक, गण्डकी, धौलागिरी, गोरखा लगायत नामहरु प्राप्त भएको जानकारी दिनुभयो। पार्टी एकता पुर्व माओवादी केन्द्रले तमुवान—मगराँत नै नाम प्रस्ताव गर्ने निर्णयमा पुगेता पनि दुई पार्टी एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को संसदीय दलले अझै पनि नामको बारेमा छलफल नगरेको उहाँले बताउनुभयो। नेकपा र नेकपाको संसदीय दललाई तमुवान—मगरातको पक्षमा निर्णय गर्न पहिचानवादीहरुले दवाव दिनुपर्ने मन्त्री थापाको भनाई थियो।

नयाँ शक्ति पार्टीबाट प्रदेश सभा सदस्य बन्नु भएका हरिशरण आचार्यले पहिचानको आधारमा पहिलो प्राथमिकतामा तमुवान प्रदेश, दोश्रो प्राथमिकतामा तमुवान—मगरात र तेश्रोमा तमुवान—गण्डक प्रदेशको पक्षमा आफु रहेको बताउनुभयो। उहाँले यस प्रदेशमा सभ्यता विकाश, सँस्कृति फुलाउने र समाज निर्माणमा सबैभन्दा लगानी गरेको छ उसैको अपमान गरेर मुलुक समृद्ध नहुने भएकाले पहिचानको सम्बोधन हुनै पर्ने बताउनुभयो।

संघीयता विरोधी पार्टीको रुपमा क्रियाशील राष्ट्रिय जनमोर्चाबाट सांसद बन्नुभएका कृष्ण थापाले वर्गिय उत्पिडन प्रमुख मुद्धा हो भन्नुहुदै भुगोल र समुदायको समेत सम्वोधन हुने गरी आफ्नो पार्टीले गण्डकी नामाकरणका लागि पार्टीले सुझाव पेश गरेको बताउनुभयो। भौगोलिकता र जातियता मध्ये एकलाइ प्रमुखता दिने हो भने विशण्डन तर्फ धकेलिने बताउनुभयो।

तमुवान—मगराँत संघर्ष समितिका सदस्य हुमबहादुर गुरुङले मुलुकको संघीयता, राज्य पुन संरचनाको आवाश्यकता, पुनसंरचनाको आधारमा पहिचान सहितको १०+१ प्रदेश बनाई तमुवान, मगरात, लिम्बुवान, थरुहट लगायत नामाकरण हुनुपर्ने बताउनुभयो । तर अहिलेको ७ वटा प्रदेशको सिमांकनको आधारमा यस प्रदेशलाई तमुवान—मगरात प्रदेश नामांकन गर्नुपर्ने जिकिर गर्नुभयो। पहिचान, सभ्यताको विकास, ऐतिहासिकता, सामाजिक साँस्कृतिक विकास, भौगोलिक निरन्तरता र विकास तथा प्रसासनिक सुगमतालाई हेर्दै तमुवान—मगराँत नामाकरण गर्नुपर्ने बताउनुभयो।

नेपाल आदिवासी जनजाति महासंघ कास्कीका सचिव बमबहादुर छन्त्यालले आदिवासी जनजाति लगायत उत्पिडित वर्ग समुदायको सम्मानको लागि तमुवान—मगरात नामाकरण हुनुपर्ने बताउनुभयो। उहाँले पार्टीको व्हीपकै पछि हिडेर झोले नबन्न आदिवासी जनजाति सांसदहरुलाई आग्रह गर्नुभयो।

नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ कास्कीका अध्यक्ष सुजन तामाङको अध्यक्षतामा भएको कार्यक्रमका संचालन सचिव प्रेम रोक्काले गर्नुभएको थियो।

यसै विच तमुवान—मगरात संघर्ष समितिद्धारा जेठ २० गते आयोजित बृहत जनप्रदर्शनमा आदिवासी जनजाति विद्यार्थी महासंघको तर्फबा युवा विद्यार्थीको बृहत सहभागीताका साथै स्वयंसेवकको जिम्मेवारी लिने अध्यक्ष तामाङले बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us