पोखरा ११ असार
माया पिरती भन्ने शव्द, सुन्दैमा प्यारो । यो माया पिरती कहाँ, कहिले, कोसगँ र कसरी बस्छ थाहै हुदैन । अनि जव कसैसगँ माया बस्छ त मायाले जीवनमा धेरै-धेरै परीवर्तनहरु ल्याउछन् पनि ।
यस्तै-यस्तै माया पिरतीका कुराहरुलाई समेटेर ‘परीवर्तन‘ वोलको गीत आजबाट युट्युवमा सार्वजनिक भएको छ । गायक युकेश के. सी. को सुमधुर आवाजमा सजीएको गीतमा कलाकारहरु रोशन राइ (Npeali Actor), अम्विका थापा (Aisha) र वसन्त के. सी. को उत्कृष्ट अभिनय रहेको छ ।
गीतमा वसन्त के.सी. र युकेश के.सी.को शव्द संकलन छ भने क्यामरामा रोशन तामागं र भिडीयो सम्पादनमा विवेक सुनार रहेका छन् । कपिल रकस्कोटि मगरद्वारा निर्देशीत गीतलाई ‘Songs Nepal’ ले बजारमा ल्याएको हो । अहिलेको वर्तमान अवस्थाका युवायुवतीहरुको माया प्रेममा आधारिति गीतले सम्पुर्णको मन जीत्न सफल हुने विश्वास लिईएको ।
भिडीयो हेर्नुहोस् :
प्रतिक्रिया लेख्नुहोस्:-