चर्चित गायक दिल्पु मोक्तानको बेस्ट अफ लग एल्बम को तेस्रो गित युटुब र टेलिभिजन बाट रिलिज गरिएको छ । एनबी थापाको सङ्गीत रहेको गीतमा दिल्पु मोक्तान र निर्मला घिसिङको स्वर भरिएको छ भने भिडियो पक्ष पनि निकै राम्रो बनाएको छ ।
भिडियोलाई सोनाम पाख्रीनले निर्देशन गरेका छन् भने क्यमेरामा उत्शब दाहलले साथ दिएको उक्त भिडियोलाई बिल्कुलै गाउले परिवेशको माया प्रेम झल्काएको छ । महेश थोकर (याङ्चु ) र क्रीस्टिना थापाले अभिनय गरिएको उक्त भिडियोमा आफ्नो प्रेमिलाई छोडेर बिदेश जनुको पीडा दर्साउन खोजिएको छ ।
हेर्नुहोस् भिडीयोमा
प्रतिक्रिया लेख्नुहोस्:-