२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

बिम्स्टेक सम्मेलनः दर्शाइयो बुद्धभूमि र बौद्ध दर्शनको महत्व

दैलो न्युज दैलो न्युज
भदौ १४, २०७५ १४:२४ मा प्रकाशित
बिम्स्टेक सम्मेलनः दर्शाइयो बुद्धभूमि र बौद्ध दर्शनको महत्व

काठमाडौँमा बिहीबार शुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा उद्घाटन मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओली

ShareTweetPin

काठमाडौँ, १४ भदौ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा बुद्ध जन्मभूमिको विशेष महत्व उजागर गरिएको छ ।

सम्मेलनको उद्घाटन सत्रमा अध्यक्षीय मन्तव्य दिँदै आयोजक राष्ट्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागी सदस्य मुलुकका राष्ट्र तथा सरकार प्रमुखलाई स्वागत गर्ने क्रममा ‘बुद्धको देशमा स्वागत गर्दछु’ भनी उल्लेख गर्नुभएको थियो ।

आफ्नो सम्बोधनका क्रममा नेपालको छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२० मा बिम्स्टेकको सदस्य राष्ट्रका बीचमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गर्ने जानकारी दिएर बुद्धत्वको महत्वबारे जोड दिनुभएको थियो । उहाँले भारतको नलान्दा विश्वविद्यालयलाई बिम्स्टेक राष्ट्रका भाषा संस्कृति अध्ययन केन्द्रका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरी यस क्षेत्रमा बौद्ध दर्शनको प्राज्ञिक उन्नयनका लागि प्राथमिकता दिनुभयो । उक्त विश्वविद्यालय बौद्ध साहित्य र दर्शनका लागि अध्ययन हुने प्राचीन संस्था मानिन्छ ।

सम्मेलनका लागि नेपाल आउनुभएका म्यान्माका राष्ट्रपति विन मिन्त बुद्धको जन्मस्थल लुम्बिनी पुगेर दर्शन तथा पूजा गर्नुभएको थियो । यसले लुम्बिनी र बौद्ध दर्शनको महत्वका साथै नेपालको धार्मिक र पर्यटकीय महत्वमा अभिवृद्धि भएको पाइएको छ । बिम्स्टेकका सदस्य राष्ट्रमध्ये म्यान्मामा ८८, श्रीलङ्का ७५ र थाइल्याण्डमा ९० प्रतिशत(करीब) बौद्ध धर्मावलम्बी छन् ।

म्यान्माका विदेशमन्त्री आङ साङ सुकीकी बौद्ध गुरुआमा काठमाडौँको नघलस्थित श्रीघ विहारका प्रमुख धम्मावती गुरुआमा हुनुहुन्छ, जसलाई सुकीले सन् २०१४ मा नेपाल भ्रमणका बेला भेट गर्नुभएको थियो । सोही समयमा उहाँले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको थियो ।

सम्मेलनकै अवसरमा श्रीलङ्काली राष्ट्रपति मैत्रीपाल सिरिसेना लुम्बिनीमा यही भदौ १६ गते जानुहुनेछ । त्यस्तै उहाँ काठमाडौँको चाबहिलस्थित करीब दुई हजार ३०० वर्ष पुरानो बौद्ध चैत्य अर्थात् ‘धन्दो चैत्य’ दर्शनका लागि भदौ १७ गते जाने भएपछि त्यहाँ सरसफाइ र तयारी गरिएको छ । चारुमती बुद्धिष्ट मिशन नेपालका अध्यक्ष भिक्षु तपस्सी धम्मका अनुसार श्रीलङ्काका राष्ट्रपति सिरिसेनालाई सम्मानसहित चैत्यको प्रतिमा उपहार प्रदान गर्ने कार्यक्रम तय भएको छ । सम्राट् अशोकले आफ्ना छोरा महेन्द्रलाई श्रीलङ्का र छोरी चारुमतीलाई बौद्धधर्मको प्रचारका लागि धर्मदूतका रुपमा नेपाल पठाएको इतिहास पाइन्छ । राष्ट्रपति सिरिसेनालाई स्वयम्भूस्थित आनन्दकुटी विहारमा श्रीलङ्का सरकारको सहयोगमा पुनःनिर्माण गर्न लागिएको विहारको निरीक्षण तथा पूजाका लागि भ्रमण तयारी गरिएको विहारले जनाएको छ ।
सम्मेलनका लागि सरकारले तयार गरेको केही भनाइमध्ये ‘बुद्धजन्मभूमि नेपालमा हार्दिक स्वागत छ’ भन्ने पनि छ । यस्तै ‘सगरमाथाको देश नेपालमा स्वागत छ’ भन्ने भनाइ पनि सम्मेलनका लागि तय भएको छ । यसरी नेपालले सम्मेलनको नारामा नै धार्मिक–भौगोलिक पर्यटन प्रवद्र्धन गर्ने ध्येय राखेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us