२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

७५ बृद्धा जुरीमायाँ एक क्षमा पड्दै

दैलो न्युज दैलो न्युज
भदौ १६, २०७५ ०३:३३ मा प्रकाशित
७५ बृद्धा जुरीमायाँ एक क्षमा पड्दै
ShareTweetPin

खोटाङ, १६ भदौ : एक वर्षदेखि दिक्तेल बजारमा कोठा भाडामा लिएर एक्लै बसोबास गर्दै आउनुभएकी जुरीमायाँ राई बल्ल अहिले आएर किताब लेखपढ गर्नसक्ने हुनुभएको छ ।

स्थानीय सरस्वती माविको एक कक्षामा बाह्रखरी र अङ्कहरु सिक्दै गर्नुभएकी केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी ७५ वर्षीया उहाँ अहिले वाईवलसमेत पढ्न सक्ने हुनुभएको छ । क्रिश्चियन धर्मावलम्बी जुरीमायाँ भन्नुहुन्छ, “सेवामा जान्छु, कहिलेकाहीँ नबुझेको कुरा सोध्दा हल्ला भयो भन्ने गरेकाले आफैँ पढ्न सक्ने बन्न स्कूल आएकी हूँ ।”

विसं २००१ साउन ८मा जन्मनुभएकी उहाँ गत साउन ६ गते दिक्तेलस्थित सरस्वती माविको कक्षा–१ मा भर्ना भएर अध्ययन गरिरहनुभएको छ । उहाँको रोल नं ३१ रहेको विद्यालयले जनाएको छ ।

पढाइप्रति निक्कै इच्छुक देखिनुहुने जुरीमायाँ नबुझेको कुरा आफैँले पढेर बुझ्न सक्ने हुनाका लागि विद्यालयको नियमित विद्यार्थीका रुपमा बिहान १० देखि बेलुकी ३ः२० सम्म कक्षाभित्रै रहनुहुन्छ ।

तीन वर्षअघि बित्नुभएका उहाँका श्रीमान् पूर्व बेलायती सेना हुनुहुन्थ्यो । विगतमा पढ्ने र पढाउने कुरै नभए पनि श्रीमान्सँग पल्टन (मरक्का)मा रहँदा पढ्न शुरु गरेपनि त्यहाँ बसेको एक महीना बित्न नपाउँदै हङकङ सर्नु परेका कारण जुरीमायाँको पढ्ने चाहना अधुरै भएको थियो । सोहीे चाहना पूरा गर्न उहाँ अहिले कक्षा १ को विद्यार्थी बन्नुभएको हो । आफ्नोबाट सन्तान नभएपछि कान्छी श्रीमतीका रुपमा उहाँका श्रीमान्ले अर्को विवाह गर्नुभएको थियो ।

कान्छीतर्फबाट जन्मेका चार छोरी र दुई छोराले पनि राम्रो नपढेकामा जुरीमायाँको ठूलो गुनासो छ । श्रीमान्को मृत्युपछि उनको पेन्सन जेठी–कान्छी दुबैले आधा–आधा थाप्ने गरेका छन् । नाति–नातिनीले धेरै पढेको हेर्न चाहने जुरीमायाँ कलिला बालबच्चासँगै बसेर सिक्न पाउँदा खुशी लागेको बताउनुहुन्छ । शिक्षकहरुसँग कुनै अप्ठ्यारो नमान्नुहुने उहाँँ कक्षा कोठातिर देखाउँदै भन्नुहुन्छ, “मलाई त यहाँ आनन्द छ, एकदमै खुशी छु ।”

अहिले विद्यालय जान थालेको महीना दिनमै जुरीमायाँले अङ्क जोड्न, अक्षर पढ्न र सार्न सक्ने भइसक्नुभएको छ । कोठामा एक्लै बस्नुहुने उहाँ बिहान बेलुकी खाना पकाउने, खाने अनि बाँकी रहेको समयमा लेख–पढमा बिताउनुहुन्छ । “अलिअलि त पढ्न सक्छु जस्तो लाग्दैछ,” रासससंगको कुराकानीमा हाँस्दै उहाँ भन्नुहुन्छ । जुरीमायाँले एक महिनाको अवधिमा नै निक्कै प्रगति गर्नुभएको उल्लेख गर्दै शिक्षक नुरकाजी सैँजु भन्नुहुन्छ, “अध्ययनमा रुचि, चासो र नियमित उपस्थितिका कारण छोटो समयमा नै उहाँ लेखेको सार्न तथा अङ्क जोड्न सक्ने हुनुभएको हो ।”

“मेरो आमा ७८ वर्षमा बित्नुभएको थियो, पढ्नमा उत्प्रेरित गराउन आग्रह गर्नुहुने ७५ वर्षकी एक आमालाई पढाउन पाउँदा आफूलाई गर्व भएको र धर्म पनि कमाइयो कि भन्ने लागिरहेको छ,” शिक्षक सैँजु बताउनुहुन्छ, “यो हामी सबैको गौरवको कुरा पनि हो ।”

जुरीमार्याँलाई आफ्ना सहपाठीका कारण कक्षामा लेख्न लाग्दा अक्षर बिग्रेकामा चिन्ता हुन्छ, लेखपढ गरिरहँदा ३ देखि ८ वर्षसम्मका पनाती–पनातिनी सरहका सहपाठीहरु उहाँतिरै झुम्मिरहेका हुन्छन् । “यिनीहरूले हल्लाइदिएर मेरो अक्षर नै बिगारी दिन्छन् के गर्नु ?,” उहाँ भन्नुहुन्छ ।

बसेर लेख्दा बच्चाले हल्लाइदिने हुनाले उभेरै लेख्ने गर्नुहुने जुरीमायाँ भन्नुहुन्छ, “बच्चाहरू हल्ला त गर्छन् नि सर तर अब त बानी नै भैसक्यो ।” उक्त विद्यालयमा जुरीमायाँसँगै निजी विद्यालय छाडेर आउने विद्यार्थीहरू पनि अध्ययनरत छन् । जिल्लाको सबैभन्दा पुरानो विद्यालयमा पछिल्लो समय शैक्षिक तथा भौतिक संरचनामा भएको सुधारले जिल्लाकै नमूना विद्यालयका रुपमा स्थापित भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us