दमक । अष्ट्रेलियामा अध्ययन गर्न जान चाहने बिद्यार्थीहरुका लागि झापाको दमकमा आज एकदिने निःशुल्क शैक्षिक परामर्श सेमिनार सम्पन्न भएको छ ।
एजुकेशन एण्ड माइग्रेसन कर्नरको आयोजनामा निशुल्क एक दिने सेमिनार सम्पन्न भएकोे हो । सेमिनारमा सो संस्थाको बाण्ड एम्बाष्डर समेत रहेकी नायीका सम्रागी राज्यलक्ष्मी शाह तथा चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को कलाकारहरु समेत सहभागिता रहेको थियो । कक्षा १२ पास गरेका नेपाली विद्यार्थीलाई व्यवसायिक तथा गुणस्तरीय शिक्षा लिन चाहनेहरुका लागि आजैबाट आफ्नो ८ औ शाखाको रुपमा दमकमा सेवा बिस्तार गरेको एजुकेशन एण्ड माइग्रेसन कर्नरका कन्ट्री म्यानेजर किशोर दुलालले बताए ।
सोही अवसरमा अस्ट्रेलियाको बिभिन्न १० युनिभर्ससिटीका पदाधिकारीहरुले बिद्यार्थीहरुलाई परामर्श दिएका थिए । कार्यक्रममा ३ सय बढि बिद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो । त्यस्तै, स्थानीय कलाकारले सहभागिहरुलाई गीतसंगीतले मनोरन्जन गराएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-