काठमाडौं । गरिब तथा जेहेन्दार विद्यार्थीलाई शिक्षामा सहयोग गर्न तथा शैक्षिक कोष निर्माणर्थ ह्याङ्ला दोलखा काठमाडौं तामाङ समाजले बुम्बाको च्यारीटी सो गर्ने भएको छ ।
दावा ग्याबक तथा चित्र बहादुर तामाङको निर्माता रहेको सो तामाङ चलचित्र बुम्बाको कार्यकारी निर्माता भने गोपीलाल तामाङ रहेका छन । चन्द्र कुमार दोङको गीत रहेको सो चलचित्रमा नृत्य भिम घिसिङको रहेको छ भने द्धन्द राजु किराँतको रहेको छ ।
शैलुङ्गेश्वर फिल्मसको ब्यानरमा तयार भएको सो चलचित्रको असोज २० गते शनिबार सिद्दार्थ सिनेमा हल सिद्धार्थ बौद्धमा च्यारीटी सो हुने भएको छ ।
ह्याङ्ला दोलखा काठमाडौं तामाङ समाज परिवारको सहकार्यमा हुन लागेको च्यारीटी सो को टिकट भने २ सय, ५ सय र १ हजार रुपैयाँ रहेको ह्याङ्ला दोलखा काठमाडौं तामाङ समाजका अध्यक्ष सरोज मोहोन मोक्तानले जानकारी दिएका छन ।
च्यारीटी सो मार्फत उठेको रकमले गरिब तथा जेहेन्दार विद्यार्थीलाई शिक्षामा सहयोग गर्ने तथा शैक्षिक कोष निर्माण गर्न सहयोग पुग्ने उद्देश्यले उक्त सो गर्न लागेको मोक्तानले बताए । कम्तीमा पनि ५ लाखको शैक्षिककोष खडा गर्ने र उठेको रकमले वार्षिक कम्तीमा पनि २ जना विद्यार्थीलाई सहयोग गर्ने मोक्तानले जानकारी दिएका छन ।
प्रतिक्रिया लेख्नुहोस्:-