दमक । झापाको शिबसताक्षीमा स्व.रुपमाया लिम्बुको स्मृतिमा वडास्तरिय भेट्रान फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । झिलझिलेस्थित समाजसेवी क्लबको आयोजनामा हुन लागेको सो प्रतियोगिताको शनिबार झिलझिलेमा पत्रकार सम्मेलन गरि सो जानकारी गराएको हो ।
प्रतियोगिता बिजयादशमी तथा दिपावलीको अवसर परेर आगामी असोज १७ गतेदेखि असोज २७ गते सम्म सञ्चालन हुने क्लबका अध्यक्ष राजु खत्रीले बताए । क्लबलाई लामो समय बिभिन्न सहयोग गर्दै आएकी रुपमायाको गत फागुनमा निधन भएको थियो । स्वर्गिय लिम्बुको सम्झनामा उनका परिवारबाट नगद ५० हजार प्राप्त भएपछि सो प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
‘स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद’ भन्ने मुल नारा सहित आयोजना गर्न लागिएको प्रतियोगितामा शिबसताक्षी नगरपालिकाको ११ वटै वडाका टिम र झापाका क्रियाशिल पत्रकारको १ टिम गरी कुल १२ टिम सहभागी रहने आयोजकले जनाएको छ । शिबसताक्षी ११ स्थित झिलझिले उत्तर खेलमैदानमा हुने प्रतियोगिताको सहभागी खेलाडीहरु अनिवार्य ३३ बर्ष उमेर पुगेको हुनुपर्ने प्रावधान रहेको छ । खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कृत गरिने जनाइएको छ ।
प्रतियोगितामा बिजयी हुने टिमलाई नगद ३० हजार ५ रुपैया मेडल ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन त्यसैगरि उपबिजेताले नगद २० हजार ५रुपैया पाउने आयोजकले जानकारी गराएको छ । वडा नम्बर ११ र वडा नम्बर ३ बिच हुने पहिलो खेलको नगर प्रमुख चन्द्रकुमार शेर्माले उदघाटन गर्ने कार्यक्रम रहेको क्लबका सदस्य ध्रुर्ब लिम्बुले बताएका छन् । प्रतियोगिता सञ्चालनमा कुल २ लाख ७० हजार ५सय रुपैयाको अनुमानित खर्च हुने आयोजकले बताएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-