तामाङ चलचित्र जगतमै पहिलोपटक केन्द्रिय चलचित्र जाच समिति बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ
यही भदौ ३० गते प्रदर्शन गर्न लागेको चलचित्र सेर्कु ले तामाङ चलचित्र ईतिहासमै पहिलो पटक युनिभर्सल सर्टिफिकेट पाएको हो ।तामाङ् मौलिक संस्कृतिमा आधारित चलचित्र अहिलेसमकै फरक र पृथक रहेको निर्देशक तथा निर्माता राजकुमार मोक्तान ले जानकारी दिनु भयो ।
भदौ ३० गते बिशेस प्रदर्शन गर्न लागेको उक्त चलचित्र ले एउटा ऐतिहासिक फड्को मार्नेमा आफु विश्वस्त रहेको र यो सफलता ले आफुलाई अझ थप हौसला मिलेको नायक ऋतुराज पाख्रिन ले बताउनु भयो ।
त्यस्तै गरि झन्डै आठ बर्सको अन्तराल पश्चात तामाङ चलचित्रमा पुनरागमन भएको चर्चित नायिका चादनी मोक्तान ले आफ्नो लामोसमय को अगमन संगै सेर्कुको यो ऐतिहासिक सफलताले आफुलाई अन्त्यन्तै हर्सित बनाएको र यसले तामाङ् चलचित्र क्षेत्रलाई नै थप नया उचाइमा पुर्याएको नायिका मोक्तान ले बताउनु भयो ।
त्यस्तै नायिका सुस्मा थिङ्ग ले भन्नु भयो सेर्कुको यो सफलता ले आफुहरुले तामाङ चलचित्र सेर्कुमा गरेको संघर्स को सहि मुल्यांकन भएको महसुस भैरहेको छ सुस्मा ले थपिन ।
चलचित्र छायांकन को क्रममा पोखरा को धम्पुस रहेको अर्की नायिका सुस्मा मोक्तानले आफु यो खबर ले अन्त्यन्तै उत्साहित भएको र भोलिको बिशेस प्रदर्शन मा सम्पूर्ण दर्शक माझ खुशी साट्न आफु पनि आउदै गरेको जानकारी दिनु भयो ।
तामाङ चलचित्र क्षेत्रमै पहिलोपटक सर्कु मार्फत आगमन गरेको पत्रकार श्याम योञ्जन तामाङ ले आफ्नो शुरुवाती चलचित्र ले नै यो ऐतिहासिक सफलता प्राप्त गरेको मा आफु अन्त्यन्तै उत्साहित भएको बताउनु हुदै सम्पूर्ण दर्शकलाई अब यो चलचित्र हेरेर सल्लाह सुझाव दिनु हुन पनि अनुरोध गर्नु भयो ।
उक्त चलचित्रको छायांकन कोरियोग्राफर तथा सम्पादन रोशन फ्युवा तामाङ ले गर्नु भएको छ।
चलचित्र सेर्कुको ट्रेलर हेर्न यो लिंक मा क्लिक गर्नुहोस
प्रतिक्रिया लेख्नुहोस्:-