२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

साँखुवासीलाई पुरानै शैलीमा घर बनाउन हम्मेहम्मे

दैलो न्युज दैलो न्युज
अशोज ४, २०७५ ०८:५७ मा प्रकाशित
साँखुवासीलाई पुरानै शैलीमा घर बनाउन हम्मेहम्मे
ShareTweetPin

साँखु, काठमाडौँ, ४ असोज : भूकम्प गएको झण्डै चार वर्ष भइसक्दा पनि राजधानीभित्रकै प्राचीन, ऐतिहासिक तथा पुरातात्विक महत्वको शहर साँखुमा घरहरू अझै पुनःनिर्माण हुन सकेका छैनन् । विसं २०७२ को भूकम्पबाट प्राचीन शहर साँखु बजारका मौलिक शैलीका धेरै घरहरु क्षतिग्रस्त भए । अहिलेसम्म भत्किएका धेरै घरहरु बनिसक्नुपथ्र्यो । तर, यहाँ पुनःनिर्माणको कामले गति लिएकै देखिएको छैन । साँखुलाई लिच्छवीकालीन शहर मानिन्छ ।

प्रा डा डिल्लीराज शर्मा र प्रा डा टेकबहादुर श्रेष्ठद्वारा लिखित ‘साँखु ः हिस्टोरिकल एन्ड कल्चरल हेरिटेज’ नामक पुस्तकमा साँखुको ऐतिहासिक र सांस्कृतिक पक्षबारे व्याख्या गरिएको छ । पुस्तकमा साँखु क्षेत्रको बसोबास, बज्रयोगिनी देवीको ऐतिहासिक र धार्मिक महत्व, त्यस वरिपरि छरिएका कला र वास्तुकलाको रचना तथा साँखुमा मनाइने चाडपर्व र जात्राको विस्तृत अध्ययन समावेश गरिएको छ ।

इतिहासकार द्वया शर्मा र श्रेष्ठका अनुसार साँखु करीब तीन हजार ३०० वर्ष पुरानो इतिहास बोकेको वस्ती हो । शंखरापुर नगरपालिकाको ढिलासुस्ती, लामो समयसम्म कसले पुनःनिर्माण गर्ने भन्ने अन्योल, आर्थिक भार, जग्गा विवादलगायतका कारण साँखु बजार क्षेत्रको पुनःनिर्माण हुन नसकेको स्थानीयवासी बताउँछन् ।

भूकम्प गएको दुई वर्षसम्म नगरपालिकाले शहरको पुनःनिर्माण कसरी गर्ने भन्ने डिजाइनसहित नक्शा तयार गर्न सकेन । दुई वर्षपछि मात्रै ऐतिहासिक घरहरूको पुनःनिर्माण पुरानै शैलीमा गर्ने निर्णय ग¥यो ।

“ऐतिहासिक शहर भएकाले पुनःनिर्माण कुन शैलीमा गर्ने र कसले गर्ने भन्ने अन्योल दुई वर्षसम्म कायम रह्यो, त्यसैले पनि पुनःनिर्माणमा ढिलाइ भयो ” – नगर प्रमुख सुवर्ण श्रेष्ठले भन्नुभयो ।

नगरपालिकाले पुरानै शैलीमा घरहरू पुनःनिर्माण गर्ने निर्णय गरे पनि डिजाइनलगायतका काम छिटोछरितो तवरबाट हुन सकेन । “शहरको पुनःनिर्माण पुरानै शैलीमा गर्ने निर्णय भए पनि आवश्यक जनशक्ति नहँुदा स्थानीयवासीलाई समयमै नक्शालगायतका प्राविधिक सहयोग उपलब्ध गराउन सकिएन” – नगर प्रमुख श्रेष्ठले भन्नुभयो ।

शहरको पुनःनिर्माण कसले गर्ने, नक्शा र प्राविधिक जनशक्ति कसरी व्यवस्थापन गर्नेजस्ता विषय समयमै टुङ्गो नलागेर शहर पुनःनिर्माणमा ढिलाइ भएको सरोकारवालाको भनाइ छ । पीडित टहरामै बसिरहँदा सिंहदरबारबाट करीब २० किलोमिटरको दूरीमा रहेको साँखुमा भूकम्पको एक वर्षसम्म एकजना इन्जिनीयरसम्म पुगेनन् । पीडितहरु तीन वर्षसम्म पालमै बस्न बाध्य भए ।

एकातिर सम्बन्धित निकाय पुनःनिर्माणमा उदासीन देखिए भने अर्कोतर्फ सरकारी सहयोग नपाएका केही स्थानीयवासीले पुरानै शैलीमा घर बनाउन शुरु त गरे तर अत्यधिक महङ्गो पर्ने भएपछि हच्किए । अहिलेको बजार मूल्यअनुसार पुरानै शैलीमा घर पुनःनिर्माण गर्दा एउटा घर बन्न रु ५० देखि ९० लाखसम्म खर्च लाग्ने प्रविधिज्ञलाई उद्धृत गर्दै शंखरापुर वडा नंं ७ का दिनेशलाल श्रेष्ठ बताउनुभयो । श्रेष्ठ स्वयंले अहिले घर पुनःनिर्माण गरिरहनुभएको छ ।

उहाँका अनुसार पुरानै शैलीमा घर निर्माण गर्न अहिले दक्ष कामदारको समेत अभाव छ । “लिच्छवीकालीन झ्यालढोकाको निर्माणका लागि कालिगढै पाइँदैन, पाइहाले पनि अत्यधिक महङ्गो र ढिलो काम हुँदा साँखुवासी पीडित बनेका छन्, एउटा घर निर्माण हुनै दुई–तीन वर्ष लाग्ला जस्तो छ” – उहाँले भन्नुभयो । यहाँका बासिन्दालाई पुरानो शैलीमा घर निर्माण गर्नुैपर्ने बाध्यता छ र त्यसका लागि बजार मूल्य जति नै बढे पनि बेहोर्न उनीहरु तयार हुनुपर्छ । यसै कारण पीडितहरुलाई चार वर्षसम्म टहरामा कष्टकर जीवन जिउनुपर्ने बाध्यता आइपरेको गुनासो स्थानीयवासी दिवश श्रेष्ठले गर्नुभयो ।

नगरपालिकाले भत्किएका घरहरू पुरानै शैलीमा पुनःनिर्माण गर्ने त भन्यो तर, कसरी गर्ने, सुलभ र सजिलो तरीकाले के हुन सक्छ, आर्थिक अवस्था कमजोर भएका बासिन्दालाई के सहयोग गर्ने भन्ने विषयमा निर्णय नगरिदिँदा पुनःनिर्माणमा झनै समस्या परेको अर्का स्थानीयवासी शंखरापुर–७ कै बलराम श्रेष्ठ बताउनुहुन्छ ।

“सरकारले उपलब्ध गराउने तीन लाख र नगरपालिकाले घर निर्माण सम्पन्न गरेपछि दिने भनेको एक लाख रुपैयाँले एउटा झ्यालढोका पनि आउँदैन, कसरी पुनःनिर्माण गर्ने ?” – उहाँको प्रश्न थियो ।

स्थानीयवासी संगीता श्रेष्ठले घरको पुनःनिर्माण सम्पन्न गर्नुभएको छ । घर बनाउन उहाँले ९० लाख खर्चिनु भयो । उहाँले भन्नुभयो – “झ्याल बनाउन मात्र बाँकी छ, अरु सम्पूर्ण निर्माणका काम सकिए । पुर्खाको पालादेखिको घर हो, जति दुःख र ऋण भए पनि बनाउनुपर्छ भनेर निर्माण थालें । अहिले तेस्रो तला निर्माण गरिसक्दा झ्याल बाहेक ९० लाख खर्च भइसक्यो ।”

भएको जग्गा समेत बेचेर पुरानै शैलीमा आवास पुनःनिर्माण गरेको संगीता बताउनुहुन्छ । हुनेले ऋण लिएर वा जग्गा बेचेर पुनःनिर्माण शुरु गरेका छन् तर नहुनेले अझै बनाउन सकेका छैनन् । सरकारले उपलब्ध गराउने रु तीन लाखको अनुदानबाट एकजोर झ्यालसम्म नआउने भएपछि स्थानीयवासी पुरानो शैलीमा घर निर्माण गर्ने कि नगर्ने भन्ने द्विविधामा थिए । तर नगरपालिकाले पुरानो शैलीमा घर पुनःनिर्माण नगरे अनुदान रोक्ने र नगरपालिकाको तर्फबाट दिइने थप रु एक लाख सहयोग पनि नदिने बताएपछि स्थानीयवासी अहिले बैंकबाट चर्को व्याज र जग्गा जमीन बेचेरै भए पनि पुनःनिर्माण गर्न लागेका छन् । संगीताले १८ प्रतिशत व्याजमा ऋण लिनुभएको छ ।

पुरानो शैलीमा घर निर्माण नगरे रु तीन लाखको सरकारी अनुदान रोक्ने र नगरपालिकाको तर्फबाट दिइने थप रु एक लाख नदिने नगर कार्यपालिकाले निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद सिंखडाले बताउनुभयो ।

स्थानीयवासी सुरेन्द्र श्रेष्ठले साँखुको ऐतिहासिक पहिचान र अस्तित्व बचाउन परम्परागत शैलीमा घर निर्माण गर्नुपर्ने नगरपालिकाको निर्णयअनुसार घर सम्पन्न गरेको बताउनुभयो । उहाँका अनुसार साढे तीन तलाको घर निर्माणमा ४२ लाख १५ हजार रुपैयाँ खर्च भयो ।

उहाँले भन्नुभयो – “मौलिकता झल्किने घर निर्माणका लागि बुट्टेदार काठका झ्याल र ढोका प्रयोग गर्दा लागत निकै बढ्छ । मैले घरको चारवटा झ्याल निर्माणमा मात्रै तीन लाख खर्चिनु प¥यो । भूकम्पले आंशिक क्षति पारेको मूल ढोका भने मर्मत गरेर पुरानै राखें ।”

सरकारले बिना धितो ऋण वा सहुलियतपूर्ण ऋण वा व्यक्तिगत तवरमा हुने पुनःनिर्माणमा अतिरिक्त अनुदानको व्यवस्था गरिदिएको भए शहरको मौलिकता नमर्ने गरी पुनःनिर्माण गर्न सकिने स्थानीयवासीको भनाइ छ । नगरपालिका, पुरातत्व विभाग र पुनःनिर्माण प्राधिकरण कुनैले पनि यसका लागि पहल नगरेको उनीहरुको दुखेसो छ । बैंकबाट ऋण पनि सजिलै पाइँदैन ।

यता, नगर प्रमुख श्रेष्ठले शहरको मौलिकता नझल्किने गरी घर निर्माण गर्न नदिएको प्रष्ट पार्नुभयो । घरमा सटर हाल्न पाइँदैन । ढोका झ्याल काठकै पुराना शैलीको हाल्नुपर्नेछ । तेस्रो तलासम्म छत राख्न पाइने गरी नियम बनाइएको र सोहीअनुसार पुनःनिर्माण भइरहेको उहाँले जानकारी दिनुभयो । परम्परागत शैलीका घर पुरानै जगमा बनाउनुपर्नेछ र त्यसमा सडक मापदण्डले कुनै फरक पार्दैन ।

पुरानै शैलीमा घरहरू पुनःनिर्माण गर्ने भनिए पनि नगरपालिकासँग स्थानीयवासीलाई सहयोग गर्ने कुनै योजना भएको देखिँदैन । नगर प्रमुख भन्नुहुन्छ – “पुरानै शैलीमा घर बनाए एक लाख रुपैयाँ दिन्छौँ ।” यस्ता घर बनाउन लाग्ने कुल लागतको तुलनामा यो सहयोग नगण्य हो ।

साँखुमा परम्परागत शैलीका एक हजार घर थिए जसमध्ये तीनसय वटामा आंशिक क्षति पुगेको थियो । बाँकी सात सय घर पूर्णरुपमा क्षतिग्रस्त भएको नगरपालिकाको तथ्याङ्क छ । पुनःनिर्माण प्राधिकरणले दिएको जानकारीअनुसार ७०० मध्ये १५० वटा सम्पन्न हुने चरणमा छन् । छ वटा घर बनिसक्यो ।

भूकम्पमा परी शंखरापुर नगरपालिकामा मात्र २६ पुरुष र ७२ महिला गरी ९८ जनाको मृत्यु भएको थियोे । यहाँ छ हजार ४५२ घर पूर्णरुपमा क्षतिग्रस्त भएको थियो ।

जनस्तरबाट मात्र हैन सरकारका तर्फबाट पनि यस्ता ऐतिहासिक संरचनाहरूको जगेर्ना गर्ने काम तदारुकताका साथ भइदिए त्यसले साँखुको वैभवपूर्ण सांस्कृतिक सम्पदालाई चिरकालसम्म बचाइराख्न सहयोग पुग्ने पुरातत्वविद् डा श्रेष्ठ बताउनुहुन्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

लकडाउन डायरी : नाइट ड्युटी

लकडाउन डायरी : नाइट ड्युटी

आखिर मैले जोखिम मोलेर हाकिमको चुलो बल्दा मेरो चै निभ्नै पर्ने दिन कहिलेसम्म रहने ??

आखिर मैले जोखिम मोलेर हाकिमको चुलो बल्दा मेरो चै निभ्नै पर्ने दिन कहिलेसम्म रहने ??

आदिवासीवादबारे : सिङ्ग मोक्तान तामाङ

आदिवासीवादबारे : सिङ्ग मोक्तान तामाङ

हलो र गोरु हराए गाउँमा, ट्याकटरले जोतेको खेतमा के उब्जनी होला र ?

हलो र गोरु हराए गाउँमा, ट्याकटरले जोतेको खेतमा के उब्जनी होला र ?

ताम्सलिङ बहुलराष्ट्रिय राज्यबारे: -सिङ्ग मोक्तान तामाङ

ताम्सलिङ बहुलराष्ट्रिय राज्यबारे: -सिङ्ग मोक्तान तामाङ

हेल्लो गणतन्त्र नबराजको लासमाथी बसेर गणतन्त्रको ढवाङ्ग फुक्न लाज लागेन तिमिलाइ..??

हेल्लो गणतन्त्र नबराजको लासमाथी बसेर गणतन्त्रको ढवाङ्ग फुक्न लाज लागेन तिमिलाइ..??

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us

कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु

© 2022 Dailo News - Designed by MPG Solution.