२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

हो साच्चै पोखरा पर्यटक लाइ कुरिरहेछ

दैलो न्युज दैलो न्युज
अशोज ५, २०७५ ०६:१९ मा प्रकाशित
हो साच्चै पोखरा पर्यटक लाइ कुरिरहेछ
ShareTweetPin

पोखरा, ५ असोज : चाँदीजस्तै टलक्क टल्केको हिमालको काखमा अवस्थित पोखराको सुन्दर दृश्यले यहाँ आउने स्वदेशी एवं विदेशी पर्यटकलाई लोभ्याउँछ ।

विशेषत ः अक्टोबरको पहिलो हप्तादेखि डिसेम्बरको अन्त्यसम्म यहाँका मनोरम दृश्य हेर्न पर्यटक पोखरा आउने गर्छन् । पर्यटनको मुख्य याम मानिने यस समयको आगमनलाई लक्षित गरी पूर्वाधार विकाससहित यतिखेर पर्यटन व्यवसायी अतिथिको पर्खाइमा छन् । विनाशकारी भूकम्प र नाकाबन्दीलगायतका कारणबाट विसं २०७२ पछिका दुई वर्ष यहाँको पर्यटन क्षेत्र समस्याग्रस्त थियो । आन्तरिक पर्यटकले जसोतसो व्यवसाय धानेकोमा अघिल्लो वर्षयता उक्त क्रम पूर्ववत्रुपमै फर्केको व्यवसायीको अनुभव छ ।

पर्यटकलाई लक्षित गरी पोखरामा सुविधासम्पन्न होटलसहित अन्य होटेल तथा रेष्टुराँको सङ्ख्या ७०० को हाराहारीमा छ । साना ठूला गरी वर्षेनि २०÷३० वटाको सङ्ख्यामा होटल थपिने क्रम पनि चलिरहेको पश्चिमाञ्चल होटल सङ्घ पोखराका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो ।

यस याममा पश्चिमा देश अमेरिका, बेलायत, जर्मनी, इजरायललगायतका राष्ट्रबाट पर्यटक दृश्यावलोकनसहित साहसिक पर्यटनका बन्जी जम्प, पदयात्रा, प्याराग्लाइडिङ, जिप फ्लाइजस्ता विषयलाई लक्षित गरी आउने गरेका छन् । छिमेकी राष्ट्र भारत र चीनका साथै आन्तरिक पर्यटक पनि यस याममा ठूलै सङ्ख्यामा आउने गरेका छन् ।

पोखराको पर्यटकीय विकासलाई लक्षित गरी पर्यटन सम्बद्ध सङ्घ संस्थाले यहाँको प्रवद्र्धनात्मक कार्यक्रम पनि सञ्चालन गरिरहेको नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सन्तोष पोखरेलले बताउनुभयो । आउँदै गरेको यामलाई लक्षित गरी पूर्वाधार निर्माणसहित स्वागतको अन्तिम तयारीमा व्यवसायी लागिरहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार होटललाई सुविधा सम्पन्न बनाउनुका साथै रङरोगन, भान्छा व्यवस्थापनजस्ता पोखरामा तयारी गरिएको छ । पर्यटक ल्याउने बससमेतको उचित व्यवस्थापनमा ध्यान दिइएको पाइन्छ ।

आन्तरिक पर्यटक प्रवद्र्धनका लागि सडक महोत्सव, फेवा महोत्सव, नयाँ वर्ष विशेष कार्यक्रम, भारतका विभिन्न स्थानमा यहाँको प्रचारप्रसारका लागि चलिए पोखरा, नाट्टा पश्चिमाञ्चल क्षेत्रीय सङ्घको विभिन्न प्रवद्र्धनात्मक भ्रमणले स्वदेशी एवं विदेशी पर्यटक पोखरा भित्र्याउन महत्वपूर्ण सहयोग पु¥याएको छ ।

यस यामका अतिरिक्त फागुन, चैत र वैशाख महिना पनि पोखरामा ठूलो सङ्ख्यामा पर्यटक आउने गरेको व्यवसायीको अनुभव छ । असोज, कात्तिक र मङ्सिर महिनामा दशैँ तिहारजस्ता महत्वपूर्ण चाडपर्व पर्ने भएका कारण लामो समयसम्म कार्यालय र तथा शैक्षिक संस्था बन्द हुने भएकाले आन्तरिक पर्यटकको चाप बढ्ने गरेको छ ।

पछिल्ला वर्षमा अतिविशिष्ट व्यक्तिको भ्रमणका साथै उच्चस्तरीय बैठक आदिका कारण पनि पोखरा चासो र चर्चामा छ । दुई वर्ष अघि सम्पन्न भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) मन्त्रिपरिषद्को बैठक, भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमण, बेलायती राजकुमार ह्यारीको पोखरा आगमनजस्ता कारणले पनि यहाँको चासो बढाएको पाइन्छ ।

हालै मुक्तिनाथमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको दर्शन भ्रमणसँगै उक्त स्थानमा जाने भारतीय पर्यटकको पोखरामा चाप बढ्दै गएको छ । अन्नपूर्ण पदयात्राको मुख्य प्रवेशद्वार लमजुङको सदरमुकाम बेँसीशहर, गोरखा र कास्की रहेका छन् । पदयात्रामा जाने मुख्य मार्ग यही पोखरा नै हो । बेँसीशहर हुँदै पाँच हजार ४१६ मिटर उचाइको अग्लो थोराङ्पास भञ्ज्याङ हुँदै मुक्तिनाथ, जोमसोम पुगेर पदयात्री पोखरा फर्कने गर्दछन् ।

त्यस्तै अर्को पदमार्ग पोखरा हुँदै वीरेठाँटी, घान्द्रुक, घोरपानी हुँदै जोमसोम, मुक्तिनाथ र माथिल्लो मुस्ताङ पार गरी मनाङ हुँदै बेँसीशहरबाट फर्कने गरिन्छ । पोखरामा सञ्चालित होटल तथा रिसोर्टमा अहिलेसम्म झण्डै रु ९० अर्बभन्दा बढी लगानी भइसकेको पर्यटन व्यवसायी बताउँछन् ।

यहाँबाट मनोरम हिमशृङ्खला देख्न पाइनुको साथै फेवाताल, बेगनास ताल, रुपातालसहितका रामसारमा सूचीकृत नौवटै ताल यहाँका महत्वपूर्ण आकर्षण हुन् । सराङकोट, महेन्द्र गुफा, चमेरे गुफा, पातले छाँगो, बिन्ध्यवासिनी मन्दिर, भद्रकाली मन्दिर, गुप्तेश्वर महादेव गुफा, पोखराको गर्भभित्र गहिरिएर बगेको सेती नदीका गल्छी, विश्व शान्ति स्तुपा आदि पर्यटकका रोजाइमा पर्ने गर्दछन् ।

यहाँ सञ्चालित प्याराग्लाइडिङ, बन्जी जम्प, अल्ट्रालाइट र जिप फ्लाइलगायतका साहसिक खेलले पनि पर्यटकलाई लोभ्याउँछ । गण्डकी प्रदेशको राजधानी बनिसकेको पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका कारण पनि पर्यटनको विशिष्ट केन्द्र बन्ने सम्भावना छ ।

पर्यटनको याम नजिकिँदै गर्दा होटेलमा अग्रिम बुकिङको क्रम पनि शुरु हुन थालेको लेकसाइडस्थित होटल एशियाका सञ्चालक एवं टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका द्वितीय उपाध्यक्ष धर्म पन्थीले जानकारी दिनुभयो ।

“पर्यटन याम शुरु हुँनै लागेका कारण हामी त्यसको प्रतिक्षामा छौँ, पूर्वाधारलगायतका व्यवस्थापनका कार्यलाई महत्वका साथ अघि बढाइएको छ”, उहाँले थप्नुभयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

लकडाउन डायरी : नाइट ड्युटी

लकडाउन डायरी : नाइट ड्युटी

आखिर मैले जोखिम मोलेर हाकिमको चुलो बल्दा मेरो चै निभ्नै पर्ने दिन कहिलेसम्म रहने ??

आखिर मैले जोखिम मोलेर हाकिमको चुलो बल्दा मेरो चै निभ्नै पर्ने दिन कहिलेसम्म रहने ??

आदिवासीवादबारे : सिङ्ग मोक्तान तामाङ

आदिवासीवादबारे : सिङ्ग मोक्तान तामाङ

हलो र गोरु हराए गाउँमा, ट्याकटरले जोतेको खेतमा के उब्जनी होला र ?

हलो र गोरु हराए गाउँमा, ट्याकटरले जोतेको खेतमा के उब्जनी होला र ?

ताम्सलिङ बहुलराष्ट्रिय राज्यबारे: -सिङ्ग मोक्तान तामाङ

ताम्सलिङ बहुलराष्ट्रिय राज्यबारे: -सिङ्ग मोक्तान तामाङ

हेल्लो गणतन्त्र नबराजको लासमाथी बसेर गणतन्त्रको ढवाङ्ग फुक्न लाज लागेन तिमिलाइ..??

हेल्लो गणतन्त्र नबराजको लासमाथी बसेर गणतन्त्रको ढवाङ्ग फुक्न लाज लागेन तिमिलाइ..??

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us

कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु

© 2022 Dailo News - Designed by MPG Solution.