दमक । झापाकाे दमकमा एक महिनाका लागी मिनी मेला लाग्ने भएको छ ।
पूर्वाञ्चल वहिरा संघको सहयोगार्थ एक महिने मिनी मेला लाग्ने भएको हो । मेला दमक–५ स्थित पाँचतले नजीककाे को खुल्ला स्थानमा लाग्ने भएकाे छ । उक्त मेलाका बारेमा संघले आइतबार दमकमा पत्रकार सम्मेलन गरि मेला लगाउने तयारी पूरा भएको जनाएको हो ।
संघका अध्यक्ष रमेश श्रेष्ठले वहिराहरुको हितका लागि कोष खडा गर्ने उद्देश्यले मिनी मेला सञ्चालन गर्न लागिएको बताएका छन् । श्रेष्ठले मेलामा विभिन्न खेल तमासा जस्ता मनोरञ्जनसहित सांस्कृतिक कार्यक्रमहरु राखिएकाे जनाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-