काठमाडौँ, ८ असोज : राजनीतिज्ञ तथा समाजसेवी नेपालजित लामाद्वारा लिखित ‘मन्थन’ पुस्तक आज यहाँ लोकार्पण गरिएको छ । साहित्यकार तथा पूर्वसांसद नारायण ढकाल, प्रतिनिधिसभा सदस्य कृष्ण राई, प्रदेश सांसद रामेश्वर फुयाँल, जापानका लागि नेपाली पूर्वराजदूत डा गणेश योञ्जनले पुस्तक संयुक्त रुपमा लोकार्पण गर्नुभयो ।
पुस्तकमाथि समीक्षा गर्दै पूर्वराजदूत योञ्जनले पुस्तकले लामाले समाजमा आत्मवृतान्त मपाईको पुलिन्दा भइरहेकामा यो किताब फरक रहेको बताउनुभयो । लेखक लामाले जीवनगाथा लेख्ने बेला नभए पनि नेपाली समाजमा देखेको कुरा आफूले केही नामसहित र केही नामबिनाका सत्य कुरा लेखेको बताउनुभयो । आत्मवृतान्तमा आधारित मन्थन पुस्तक घोष्ट राइटिङ नेपालले बजारमा ल्याएको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-