पोखराबाट एउटा रियालिटि शो जगतको क्रान्ति स्थापना भैरहेको छ जसको गौरवशाली नाम हो “NEPAL A ONE STAR” (the biggest dancing and singing t .v reality show).७७ वटा जिल्लाहरुलाई पायक पर्ने गरि देशको २१ जिल्लामा अडिसन गरिएको यो कार्यक्रम औंलामा गनिने नेपालको ठुला तीन कार्यक्रमहरु मध्यको एक कार्यक्रम हो । जसमा Nepal idol ,The voice of Nepal र Nepal A one star पर्दछ । रोचक कुरा के हो भने यी तिनै कार्यक्रममा नेपालको नाम जोडिएको छ । अझ त्यो भन्दा पनि बिशेष रोचकता त Nepal A one star मा गायन र नृत्य दुबै बिधाको एउटै स्टेजमा धमाका मच्चिने छ । करिब ६ करोडको लगानीमा आयोजना गरिरहेको यो कार्यक्रममा ९ हजार प्रतिस्पर्धीहरुको सहभागिताबाट छानिएर हाल टप 100 को लागि भिड्नको लागि ७०० जना प्रतिस्पर्धीहरु तम्तयार छन् भने असोज १९ ,२० र २८ गरि तीन चरणमा मेगा थिएटर राउन्ड संचालन गरिने भएको छ । Nepal A one star को भन्नलाई बिर्सनै नहुने के छ भन्दा यसको चयन खुड्किला कलामा निर्भर रहनेछ ,मतलब यसमा कुनै टिकट अथवा पेपर भोटिङ सिस्टम रहने छैन ,अझ भन्नू पर्दा यो कार्यक्रम टिकट भोटिङ कार्यक्रम गर्नेहरू बिरुद्धको कार्यक्रम हो ।
Five Monkeys Entertainment Pvt . ltd द्वारा आयोजना गरिरहेको Nepal A one star को हाइप र प्रभावले अन्य थुप्रै ठुला आयोजना तर टिकट भोटिङ रहेका कार्यक्रमहरु एकाएक विस्थापित अर्थात बन्द भएको छ । ठुला धनराशीका पुरस्कार तोकिएका Nepal talent hunt ,Nepal lok idol जस्ता विशाल कार्यक्रमहरुले समेत आफुलाई पछि सारिएको खबर एकाएक Hot cake news बनेर जनमानसमा छाई रहेको छ । पोखराको न्युरोड स्थित Third eye restaurant मा कार्यक्रमको सेट लगभग ७०% तयार भै सकेको छ । अडिसन राउन्डहरुबाट चयन भएका ७०० जनालाई आयोजककै मातहतमा यहीं असोज १५ गते देखि होस्टेल राखी वर्कशप कक्षाहरु तथा ग्रुमिङ गराउने भएको छ । टप 100 बाट टप 50 ,टप 50 बाट टप 25 र टप 25 बाट टप 18 गरि टप 18 बाट उत्कृष्ट १२ चयन गरि त्यसपश्चात एक एक जना गरी एलिमेशन गर्दै लैजाने योजना तर्जुमा छ भने ग्राण्ड फिनाली चितवनको नारायनी तटमा खुल्ला रुपमा गरिने आयोजकको भनाई छ ।
प्रतिक्रिया लेख्नुहोस्:-