२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

ऋणपत्रमार्फत विकासमा जनतालाई सहभागी गराउन सकिने ः मुख्यमन्त्री राई

दैलो न्युज दैलो न्युज
अशोज १९, २०७५ १४:५४ मा प्रकाशित
ऋणपत्रमार्फत विकासमा जनतालाई सहभागी गराउन सकिने ः मुख्यमन्त्री राई

g]kfn lwtf]kq jf]8{åf/f cfof]lht klxnf] k|fb]lzs k"Fh+L ahf/ k|bz{gL–@)&%sf] pb3f6g ;df/f]xdf dGtJo JoQm ub}{ k|b]z g+ ! sf d'VodGqL z]/wg /fO{ . t:jL/ M dgf]h bfxfn, /f;;, lj/f6gu/

ShareTweetPin

विराटनगर, १९ असोज : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ऋणपत्रमार्फत जनताको प्रत्यक्ष सहयोगबाट विकास निर्माणका कार्य गर्न सकिने बताउनुभएको छ ।

‘समृद्धि नेपालको आर्थिक आधार–गतिशील, विश्वसनीय तथा पूँजी बजार’ भन्ने मूलनाराका साथ नेपाल धितोपत्र बोर्डद्वारा आयोजित पहिलो प्रादेशिक पूँजी बजार प्रदर्शनी–२०७५ को आज यहाँ उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

मुख्यमन्त्री राईले महानगरपालिका, नगरपालिका र गाउँपालिकाले ऋणपत्र जारी गरेर जनतालाई प्रत्यक्ष लाभमा सहभागी गराई पूँजीको विकासबाट ठूला तथा मझौला विकास निर्माण कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

जनताको प्रत्यक्ष सहयोगमार्फत प्रदेश नं १ मा खेर गइरहेका पानीको सदुपयोग गरी जलविद्युत्, सिँचाइजस्ता योजना कार्यान्वयन गर्नका लागि प्रदेश सरकारले सहयोगको नीति लिएको उल्लेख गर्दै उहाँले यसबाट यस क्षेत्रका जनताले रोजगारी प्राप्त गरी आर्थिक समृिद्धमा सहयोग पु¥याउने बताउनुभयो ।

मुख्यमन्त्री राईले तीन तहका सरकारको साझा लक्ष्य मुलुकको आर्थिक समृद्धि भएको उल्लेख गर्दै पूँजी निर्माणबाट मुलुकको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोले गरीबी, पछौटेपनबाट जनतालाई मुक्त गर्न प्रदेश सरकार अग्रसर भएको बताउँदै जलविद्युत् र उद्योग स्थापनामा सरकारले निजी क्षेत्रसँग साझेदारी गर्ने धारणा व्यक्त गर्नुभयो ।

संविधान निर्माण र लोकतन्त्र स्थापनामा विराटनगरको ठूलो भूमिका रहेकाले स्थायी राजधानी घोषणमा नगरवासीलाई निरासा नबनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री आङवोले मुलुकको कूल निर्यातमा प्रदेश नं १ का ४० प्रतिशत योगदान रहेको चर्चा गर्दै प्रदेशलाई धनी र समृद्ध बनाउन यहाँका जनताबीच एकताबद्ध हुनु आवश्यक छ भन्नुभयो ।

प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सल्लाहकार प्रमोद झाको अध्यक्षतामा भएको सो प्रदर्शनी उद्घाटन समारोहमा नेपाल धितो बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्की, नेपाल स्टक एक्सचेञ्जका कार्यकारी अध्यक्ष चन्द्रसिंह साउत, नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेल, उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार सङ्घका अध्यक्ष पवन शारदा र मोरङका प्रजिअ रमेशकुमार केसीले पूँजी बजार प्रदर्शनीबाट यस क्षेत्रको आथिक विकासमा ठूलो सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।

विश्व लगानीकर्ता सप्ताह २०१८ को उपलक्ष्यमा धितोपत्रसम्बन्धी ज्ञान र आवश्यक सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यका साथ विराटनगरमा पहिलो पटक दुईदिने ‘प्रादेशिक पूँजी बजार प्रदर्शनी २०७५’ आजदेखि शुरु भएको हो ।

प्रदर्शनीमा १०७ वटा धितोपत्र कारोवार गर्ने संस्था एवम् बैंकका स्टल राखिएका छन् । प्रदेश नं १ मा वित्तीय नयाँ बजारको पहँुच पुगेको अवस्थामा यस क्षेत्रका नागरिकलाई धितोपत्र बजारका बारेमा सम्पूर्ण जानकारी गराउने उद्देश्य सो प्रदर्शनीको आयोजना गरिएको अध्यक्ष डा कार्कीले बताउनुभयो ।

प्रदर्शनीस्थलमा धितोपत्र बजारसम्बन्धी विभिन्न पुस्तक तथा प्रकाशनको निःशुल्क वितरण, प्रदेश तथा स्थानीय निकायको विकास निर्माणका लागि आवश्यक पूँजी परिचालनको सम्भावनका सम्बन्धमा जानकारी दिने छ । प्रदर्शनीमा सहभागी हुन आउने आगन्तुकहरुलाई एकै छानामुनि धितोपत्र र वस्तु विनियम बजारसम्बन्धी विविध जानकारी बोर्डले दिने जनाएको छ ।

सो अवसरमा पूँजी बजारसम्बन्धी प्रादेशिक परिसूचक पुस्तकको समेत विमोचन गरिएको छ । नेपालमा १५ लाख नागरिक पूँजी बजारमा प्रत्यक्ष सहभागी छन् । प्रदर्शनी आयोजना गरिएको उपलक्ष्यमा आजदेखि १५ दिनसम्म डिम्याट खाता निःशुल्क खोल्न सकिने व्यवस्था गरिएको सो अवसरमा जानकारी दिइयो । (तस्वीर उपलब्ध छ)

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us