२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

विद्यार्थी संगठनमा उमेर हदको प्रश्न ?

दैलो न्युज दैलो न्युज
अशोज २६, २०७५ १३:३७ मा प्रकाशित
विद्यार्थी संगठनमा उमेर हदको प्रश्न ?
ShareTweetPin

२६ असोज । बिगत लामो समयदेखि राजनितीक क्रान्तिको मुलधारमा रहेर आम नागरिकको आवाज बोल्दै अएका विद्यार्थी संगठनहरु पछिल्लो समय निक्कै आलोचित बन्दै गएका छन् । चाहे नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु, अखिल क्रान्तिकारी होस् या नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ ।
देशका थुप्रै ठूला–ठूला राजनीतिक आन्दोलनमा नागरिकको बलियो आधार बनेर नागरिक माझ बिश्वास जितेका विद्यार्थी संगठनमा देखिएको पछिल्लो गतिबिधिले आम विद्यार्थी सामु ठूलो नेैैराश्यता सृजना गर्न थालेको छ भन्दा खासै फरक नपर्ला ।
विशेष गरि पछिल्लो समयमा संगठनका नेतृत्वकर्तामा देखा परेको नेतामुखी प्रवृतिको कारण, नेतृत्व कर्ताको स्वार्थपूर्ण प्रवृतिको कारणपनि यस्तो अवस्था देखा परेको हो । अर्काे कुरो भनेको विद्यार्थी संगठनमा निक्कै पाका उमेर समुहका विद्यार्थी नेताहरुको नेतृत्वको कारण पनि युवा तथा उर्जाशिल विद्यार्थी माझ नैरास्यता उत्पन्न भएकोमा दुई मत छैन ।
समय, परिबेश, वातावरण लगायत देशको अवस्था पूर्ण रुपमा बदलिँदा सम्म पनि संगठनको नेतृत्व चयनको बिषयमा केही फरक आएको छैन । आम नागरिक, विद्यार्थी साथै सिङ्गो समाजले देशको संक्रमणकालिन अवस्थामा हरेक क्षेत्रको नेतृत्व युवालाई रोजेको छ, युवा पुस्ताले नै विगतमा आन्दोलनको इतिहास बनाएका थिए र युवाको बलिदानीहरुलाई नेपालको इतिहासले छिपाउन पनि सक्दैन । अहिले पनि आम विद्यार्थीका हकहित र अधिकारको रक्षा युवा नेतृत्वको संगठनबाट मात्र सम्भव हुन्छ । तर युवाहरुको नेतृत्व गर्ने विद्यार्थी संगठनमा नै नेतृत्वकर्ताहरु कानुनले युवा परिभाषित गरेको ४० बर्ष भन्दा माथीका हुँदा पक्कै पनि नयाँ सोच, नयाँ जाँगर अनि नयाँ योजनाका साथ विद्यार्थी राजनीतिमा होमिएका नयाँ पुस्तामा राजनीति प्रति साथै विद्यार्थी संगठनप्रति बितृष्णा जागेको छ । यो वितृष्णाका पछाडि अरु केहि नभएर यो वा त्यो बहानामा ३० बर्ष मुनिका युवा पुस्तालाई नेतृत्वमा जान छेकिनु नै हो ।
सम्पूर्ण विद्यार्थीहरुको साझा संगठन स्ववियुमा २०७३ मा सम्पन्न निर्वाचन बाट नै २८ वर्षे उमेर हद लागु गरियो । त्यसैगरी उमेर हदको बिरोध गर्ने नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले पनि केहि साता अघि विद्यार्थी नेताको उमेर हद ३२ बर्ष तोक्यो, यो साच्चै नयाँ जोश र जाँगरका साथ विद्यार्र्थी राजनीतिमा होमिनेहरुका लागि केहि आशलाग्दो पक्ष बनेको छ । नेविसंघको यो कदमलाई सकारात्मक रुपमा लिनुपर्छ ।
नेपालको राजनीतिमा सडक आन्दोलनको बाघ भनेर चिनिने नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीमा पनि उमेर हदबन्दीको बिषयले बिगतका बर्षहरु देखि नै बहशको रुपमा स्थान पाउँदै आएको छ । केही बर्ष अघि तत्कालिन नेकपा एमाले निकट अनेरास्ववियुमा नेतृत्वकर्ताको उमेर हदबन्दी ३० बर्षको तोकिने कुरोले निकै चर्चा पायो । तर कार्यान्वयनको बिन्दुमा पुग्नै लाग्दा सेलाएर गएको थियो । प्रत्येक दुई बर्षमा हुँदै आएको अखिलको राष्ट्रिय महाधीवेशनमा बन्ने कमीटीको नेतृत्वकर्ता प्राय ३० बर्ष मुनिकै हामीले पाउने गरेका छौँ । तर कतिपय अवस्थामा ३० नाघेका नेतृत्वकर्ता पनि हाम्रौ अनि त्यसमा पनि राम्रै भन्नु परेको अवस्था छ ।
तर अहिले ४५ बर्ष भन्दा माथीको नेतृत्वकर्ताले नेतृत्व गरीरहेको नेपाल विद्यार्थी संघले ३२ बर्षको उमेर हदबन्दी तोकेर सडक आन्दोलनको बाघ शक्ति मानिएको नेकपा सम्वद्व विद्यार्थी संगठनहरुलाई चुनौति दिएको छ । परिर्वतन भनेकै प्रतिस्पर्धा बाट हुने हो । समयको माग र परिवेशसंगै हामी प्रगतीशिल, जनवादी विद्यार्थीहरु पनि सक्षम नेतृत्व चयनको बिषयमा चनाखो हुनुपर्ने बेला आएको छ । यो अर्थमा पनि की, पहिले देशको परिवेश निकै कठिन थियो तर अहिले त्यो अवस्था हामीले पार गरिसकेका छौँ ।
देशको संक्रमणकालिन अवस्थामा अहिले हामी पार्टी र मातहातका संगठनहरु एकताको प्रक्रियामा छौ । एकताका केहि चरणहरु पार गर्दै यहाँ सम्म आईपुगेका छौँ, साथसाथैे पार्टीभित्र रहेका भातृ संगठनहरुको एकताको प्रक्रियामा पनि हामी छौँ । अहिले प्रत्येक जिल्लाका विद्यार्थी नेताहरुमा यो बिषयले ध्यान खिचि रहेको छ । आन्तरिक तयारीहरु भइरहेका छन् । त्यसैले हामी अग्रगामी, जनवादी अनि प्रगतीशिल विद्यार्थी संगठनभित्र पनि नेतृत्वकर्ताको उमेर हद तोकिन नितान्त आवश्यक छ । सक्षम युवाहरुको संगठन विना मुलकको परिर्वतन सम्भव छैन ।
अर्काे भाषामा भन्ने हो भने, अहिले हामी काँचो माटो जस्तै बनेका छौँ । अबको हाम्रो यात्रा कस्तो र कसको हातमा भन्ने कुरोको निर्णय हामीले अहिले नै गर्न सक्यौ भने पक्कै पनि हामीलाई उद्धेश्य अनुरुपको यात्रामा लम्किन सहज हुनेछ ।
गतबर्ष सम्पन्न तीनै तहको निर्वाचनको बेला पनि नेपालका पार्टीले उठाएका प्रतिनिधी मध्ये युवाको कममात्र प्रतिनिधित्व भएको भनेर नेपालको राजनितीक दलहरुको आलोचना भएकै हो । त्यसमा हामी पनि मुछिएका छौँ । अहिले सम्मपनि हामीले आरोपहरु खेपि रहेका छौँ । यो एउटा दुखद उदाहरण मात्र हो । यस्ता आरोप चिर्दै आउदो समयमा मातृपार्टीको साख जोगाउन र तत्कालको मागलाई सम्बोधन गर्न पनि हामीले हाम्रो दुई गौरवशाली संगठन मिलेर बनेको अनेरास्ववियूमा उमेरको हद बन्दी तोक्न आवश्यक छ । शैक्षिक क्षेत्रको आमूल परिवर्तनको लागि युवा नेतृत्वको विकल्प छैन ।

निशेष राई सत्यरुप

लेखक अनेरास्ववियु जिल्ला कमिटी इलामका सदस्य हुन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us

कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु

© 2022 Dailo News - Designed by MPG Solution.