२०७९ साउन २९, आइतवार
August 14, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

व्यवसायी तथा लगानीकर्तालाई कफीखेतीतर्फ आकर्षित गरिँदै

दैलो न्युज दैलो न्युज
कार्तिक ३०, २०७५ ११:२६ मा प्रकाशित
व्यवसायी तथा लगानीकर्तालाई कफीखेतीतर्फ आकर्षित गरिँदै
ShareTweetPin

पोखरा, ३० कात्तिक: राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ठूला व्यवसायी तथा लगानीकर्तालाई कफीखेतीतर्फ आकर्षित गर्ने योजना अघि सारेको छ ।
नेपालमा कफी उत्पादनको प्रचुर सम्भावना रहेको वास्तविकतालाई दृष्टिगत गर्दै बोर्डले आगामी पुस÷माघ महीनामा ‘कफी इन्भेष्टमेण्ट फोरम’ आयोजना गर्ने भएको छ । नेपालमा उत्पादित कफीको विश्वबजारमा अत्यधिक माग रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताउनुभयो । “मागलाई ध्यानमा राख्दै उत्पादन र उत्पादकत्व वृद्धिसँगै नेपालको आफ्नै कफीलाई विशिष्टिकरण गर्न गुणस्तरमा थप सुधार गरी लैजान आवश्यक छ”, उहाँले भन्नुभयो ।”

माग अनुरुपको उत्पादनका लागि साना किसानको संरक्षण गर्दै कफीमा पनि चिया क्षेत्रको जस्तै ठूलो लगानी आकर्षण ‘स्टेट फार्मिङ’लाई जोड दिनु आवश्यक रहेको उहाँको भनाइ छ । भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा रु नौ करोड ३७ लाख बराबरको ८४.२२ मेट्रिक टन कफी निर्यात हुँदा रु ६ करोड ५९ लाख बराबरको १६३.३८ मेट्रिक टन कफी आयात भएको छ ।

गत वर्षको तुलनामा कफीको आयात करीब ६४ प्रतिशतले बढेको छ भने निर्यात करीब ११ प्रतिशतले घटेको छ । उत्पादन बढीरहँदा आयात बढ्नु तर निर्यात घट्नुले नेपालमा उत्पादित कफीको बजार नेपालभित्रै बढ्दै गएको सहजै अनुमान गर्न सकिने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय निर्देशक लक्ष्मण पोखरेल बताउनुहुन्छ । पछिल्लो समयमा देशभर क्याफे हाउसको विस्तारले नेपाली कफीको लोकप्रियता बढ्दै गएको छ । नेपालमा उत्पादित कफी विशेषगरी जापान, कोरिया, क्यानडा, अमेरिका, बेलायत, भारतलगायत देशमा निर्यात हुन्छ ।

यहाँको अराविका जातको कफी विदेशमा अत्यधिक रुचाइने भएकाले कफी बगैँचामा फूल फुल्दाकै अवस्थामा उत्पादनको अवस्था अनुमान गरी विभिन्न कम्पनीमार्फत डलरमा खरिद हुने गरेको पाइन्छ । भौगोलिक अवस्थितिका आधारमा ७०० मिटरदेखि दुई हजार मिटरसम्मको उचाइका साथै भिरालो र छहारी भएको उत्तरपूर्वी मोहोडायुक्त स्थानमा कफीको पर्याप्त उत्पादन हुने कृषि विकास अधिकृत चन्द्र पुरीले जानकारी दिनुभयो । मुलुकका ४३ जिल्लामा कफी उत्पादनको सम्भावना छ ।

मुलुकभर करीब ११ लाख ९८ हजार ५३५ हेक्टर क्षेत्रफलमा कफीखेती गर्न सकिने अध्ययनले देखाएको छ । सो क्षेत्रमध्ये ६१ हजार २२८ हेक्टर क्षेत्रफल कफीका लागि उत्तम देखिएको क्षेत्रीय निर्देशक पोखरेलले जानकारी दिनुभयो । आव २०७१÷७२ मा दुई हजार ३८१ हेक्टरमा कफी लगाइएकामा ४६३.५८ मेट्रिक टन उत्पादन भएको थियो भने आवमा २०७२÷७३ मा दुई हजार ६१८ हेक्टरमा ४३४ मेट्रिक टन कफी उत्पादन भएको थियो ।

त्यस्तै आव २०७३÷७४ मा दुई हजार ६४६ हेक्टरमा ४६६ मेट्रिक टन उत्पादन भएको थियो भने आव २०७४÷७५ मा दुई हजार ६५० हेक्टर क्षेत्रफलमा ५१३ मेट्रिक टन उत्पादन भएको थियो । तथ्याङ्क हेर्दा नेपालमा कफीखेतीको विस्तार एवं उत्पादनको अवस्थामा उल्लेख्य प्रगति भएको देखिँदैन । नेपालमा पहिलो पटक १९९५ सालमा एक सन्यासी हीरा गिरीले बर्माबाट लठ्ठीमा बाँधेर ल्याएको कफी बेवारिसे अवस्थामा गुल्मीको आँपचौरमा लगाइएको थियो । त्यसयता विकसित हुँदै गएको कफीखेती विस्तार हुँदै यसले व्यावसायिक रुप लिँदै गएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले गुल्मी, अर्घाखाँची, प्यूठान, पाल्पा र स्याङ्जाका कफी सम्भावित क्षेत्रलाई सुपर जोन क्षेत्रको रूपमा विकास गरी कफीमा व्यावसायिकता बढाउने प्रयास गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले १४औँ राष्ट्रिय कफी दिवस मङसिर १ गते पोखरामा विभिन्न कार्यक्रमका साथ मनाउने भएको छ । देशभरका करीब ५०० कफी किसान एवं कृषि सहकारीका प्रतिनिधि सहभागी हुने उक्त कार्यक्रममा प्रभातफेरीसहित औपचारिक कार्यक्रम सम्पन्न गरिने निर्देशक पोखरेलले जानकारी दिनुभयो । कार्यक्रममा कृषि मन्त्रालयअन्तर्गत सङ्घीय एवं प्रादेशिक मन्त्री, कृषि विज्ञ एवं अन्य सरोकारवालाबीच अन्तरक्रियासमेत आयोजना गरिनेछ ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

पोखरा विमानस्थलको निर्माण कार्य ८४ प्रतिशत सकियो

पोखरा विमानस्थलको निर्माण कार्य ८४ प्रतिशत सकियो

एडिबीद्धारा सरकारलाई ३ करोड बढीको स्वास्थ्य सामग्री हस्तान्तरण

एडिबीद्धारा सरकारलाई ३ करोड बढीको स्वास्थ्य सामग्री हस्तान्तरण

टुटल र पठाओलाइ अवरोध नगर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको निर्देशन

टुटल र पठाओलाइ अवरोध नगर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको निर्देशन

बि.आर.एन.ब्रदर्सले गर्याे सुजुकीको एस–प्रेसो को सर्वजनिक, यस्ता छन् सुबिधाहरू

बि.आर.एन.ब्रदर्सले गर्याे सुजुकीको एस–प्रेसो को सर्वजनिक, यस्ता छन् सुबिधाहरू

दक्षिण एसियाकै सबैभन्दा आधुनिक औद्योगिक पार्क दमकमा निर्माण गर्ने समझदारी

दक्षिण एसियाकै सबैभन्दा आधुनिक औद्योगिक पार्क दमकमा निर्माण गर्ने समझदारी

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us