इसरोकार स. माघ ८- रामप्रसाद राई फाउन्डेसन दृरा आयोजित , ‘जननायक रामप्रसाद राई माझ किरातको क्रान्तिदेखि सिंहदरबार विद्रोह सम्म’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जननायक रामप्रसाद राईको भूमिकालाई उच्च सम्मान गर्दै राज्यले राष्ट्रिय विभूति घोषणा गर्ने , तथा कोशी राज मार्गलाई रामप्रसाद राजमार्ग राखने बताउनु भयो l आजकै सोहि प्रसंगमा बोल्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रि परिषद बैठकमा सो प्रस्ताब पेश गर्ने समेत घोषणा गरेl
त्यस्तै संघिया समाजवादी फोरम नेपालका वरिस्ठ नेता अशोककुमार राईले विभेद अन्यायको विरुद्धमा २००७ सम्म मुक्तिको अभियान चलाएर सिंहदरबार समेत कब्जा गर्न सफल जननायक रामप्रसाद राईलाइ राष्ट्रिय विभूति घोषणा गर्न कुनै शकोच नमान्न राज्यलाई आग्रह गरे, राईले २००७ सालमै किराती पहिचानको मुद्दा उठान गर्नु भएको समेत बताएl
एमालेका नेता सुरेन्द्र पाण्डेले भने “आफुहरु रामप्रसाद राईलाइ राष्ट्रिय विभूति गर्न सधै सकारात्मक छौ र राज्यले पनि यो बिसयमा ध्यान दिनु आजको जरुरी छl”
प्रतिक्रिया लेख्नुहोस्:-