माघ ९ – म्यानचेस्टर युनाइटेडका कप्तान वायने रुनी क्लबका सर्वकालिन सर्वाधिक गोलकर्ता बनेका छन् । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको स्टोल सितिसंगको खेलमा गोल गरेका रुनीले यो कीर्तिमान बनाएका हुन् । रुनीले स्टोकसिटीसँगको खेलमा इन्जुरी समयमा गरेको बराबरी गोल युनाइटेडका लागि गरेको दुई सय ५० औं गोल हो । रुनीले सन बबीचार्लटनको कीर्तिमान तोडेका हुन् । चार्लटनले दुई सय ४९ गोल गर्दै कीर्तिमान बनाउनुभएको थियो । रुनीले गरेको दुई सय ५० औं गोल प्रिमियर लिगको यो सिजनमा दोस्रो गोल हो । सन् २००४ मा १८ वर्षको उमेरमा एभर्टनबाट आएका रुनी युनाइटेडकोइतिहासमा सर्वकालिन सर्वाधिक गोलकर्ता बनेका हुन् । उनले यो कीर्तिमान बनाउन पाँच सय ४६ औं खेल पर्खिनु पर्यो ।
प्रतिक्रिया लेख्नुहोस्:-