२०७९ साउन २९, आइतवार
August 14, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

पुष्पलाल–मध्यपहाडी लोकमार्गको निर्माण तीव्र

दैलो न्युज दैलो न्युज
पुस १२, २०७५ ०५:४० मा प्रकाशित
पुष्पलाल–मध्यपहाडी लोकमार्गको निर्माण तीव्र
ShareTweetPin

बेत्रावती, १२ पुस ः नुवाकोटमा हाल निर्माणाधीन राजमार्गमध्ये गाउँदेखि शहरसम्म र पूर्वदेखि पश्चिम जोडिएको पुष्पलाल–मध्यपहाडी लोकमार्गको निर्माण तीव्र बनाइएको छ ।

पाँचथरको पूर्वीभेगमा पर्ने चियोभञ्ज्याङ (नेपाल–भारत सीमा) बाट शुरु भएर बैतडीको झुलाघाटमा (महाकाली नदीसम्म) जोडिने यो राजमार्गको मध्यविन्दु नुवाकोटबाट पूर्वी खण्डअन्तर्गत पाटीभञ्याङसम्म ६५९ किमी र पश्चिम खण्डकोे पाटीभञ्याङदेखि बैतडीको झुलाघाटसम्म एक हजार ९७ किमी पर्दछ ।

आयोजनाका इञ्जिनीयर दयानाथ यादवका अनुसार मध्यपहाडी सडकखण्डको नुवाकोटमा करीब ७० किमीमध्ये हाल पाँच खण्डमा काम भइरहेको छ सिन्धुपाल्चोकस्थित चिसापानीबाट प्रवेश गरी पाटीभञ्याङदेखि शेराबगर, छहरे, ढिकुरे, गङ्गटे, डेउडी, सामरी हँुदै भ¥याङभुरुङबाट धादिङतर्फ सो सडक मोडिन्छ ।

जिल्लाको शिवपुरी गाउँपालिका, लिखु गाउँपालिका, विदुर नगरपालिका र म्यागङ्ग गाउँपालिका हँुदै उक्त सडक धादिङतर्फ लाग्ने मध्यपहाडी सडक आयोजनाका पश्चिम खण्डका निमित्त प्रमुख इञ्जिनियर रमेश दृष्टिले जानकारी दिनुभयो ।

पहिलो खण्डमा पाटीभञ्याङदेखि थानसिङको छहरेसम्म २७.५ किमी पर्दछ । यस खण्डमा नयाँ ट्र्याक खोल्ने र साविक सडक स्तरोन्नतिको काम हुनाका साथै हाल सात पक्की पुलमध्ये केहीको निर्माण र सडक कालोपत्रेका लागि ठेक्का आह्वान गरिएको उहाँले बताउनुभयो ।

दोश्रो खण्डमा जिल्लाको थानसिङको छहरेदेखि खानीगाउँको ढिकुरेबजारसम्मको १३ किमी सडक विभागअन्तर्गत रिप (सडक विस्तार आयोजना) मार्फत काम भइरहेको छ । यो सडक साविकको सडकअन्तर्गत स्तरोन्नति भइसकेकाले हाल कालोपत्रे गर्ने तयारी गरिएको इञ्जिनीयर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी फागुनदेखि शुरु हुने कालोपत्रेको काम छ महीना भित्रै सम्पन्न गर्ने लक्ष्य छ ।

तेश्रो खण्डमा ढिकुरेबजारदेखि विदुर नगरपालिका–५ गङ्गटेसम्म ७.३ किमी सडक रमण–दिव्यज्योति जेभीमार्फत कालोपत्रे गर्न थालिएको छ । हाल १७ स्थानमा एकैसाथ निर्माणको काम भइरहेको इञ्जिनीयर यादवले बताउनुभयो ।

चौथो खण्डमा विदुर नगरपालिकाक–५ गङ्गटेदेखि विदुर नगरपालिकाको वडा नं १३ डेउडीसम्मको सडक विस्तार प्रारम्भिक अध्ययनको क्रममा छ ।

पाचौँ खण्डअन्तर्गत उक्त नगरपालिकाको वडा नं १३ डेउडीबाट धादिङको सीमाक्षेत्र भ¥याङभुरुङसम्मको सडक १३.५ किमी सडकको स्तरोन्नति तथा ट्र्याक विस्तार भइसकेकाले मित्र–सञ्जिवनी जेभीलेकालोपत्रेका लागि ठेक्का छ । यस सडकखण्डको कागुने, सामरी र भ¥याङभुरुङ खोलाको पुल निर्माणको काम आधाभन्दा बढी सम्पन्न भइसकेको छ ।
नुवाकोटमा मध्यपहाडी सडकको विस्तारले जिल्लाको दुर्गम तथा भौगोलिक रुपमा विकट मानिएका बस्तीलाई सुगम र शहरसँग जोड्न महत्पूर्ण योगदान पु¥याउने विश्वास लिइएको जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले बताउनुभयो ।

उहाँका अनुसार यस सडकले शिवपुरी गाउँपालिकाको पाटीभञ्याङदेखि छहरेसम्म सडक सुविधाविहीन हँुदा काठमाडौँको चार नगरपालिकासँग जोडिएको स्थानीय तह भएर पनि विकट र दुर्गमको पहिचान अब हटने भएको छ । “यो सडक निर्माणले धादिङसँग जोडिएका म्यागङ गाउँपालिका र सिन्धुपाल्चोक र काठमाडौँसँग जोडिएका शिवपुरी गाउँपालिकावासीको जीवनस्तर उकासिन्छ,” उहाँले भन्नुभयो, “यहाँको कृषि उपज, जडीबुटी, पर्यटक प्रवद्र्धनले जिल्ला हँुदै मुलुकलाई नै आर्थिक रूपमा समृद्ध बनाउन सकिन्छ ।”

पूर्वी–पहाडदेखि पश्चिम–पहाडसम्म पहाडैपहाड पहुँच पु¥याउने योजनाको समग्र काम अपेक्षाअनुसार प्रगति न्यून भएको बताइन्छ

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us