२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

आठौँ लाटोकोसेरो तथा हुचिल महोत्सव माघ १८ मा

दैलो न्युज दैलो न्युज
पुस २१, २०७५ ०३:०८ मा प्रकाशित
आठौँ लाटोकोसेरो तथा हुचिल महोत्सव माघ १८ मा
ShareTweetPin

खोटाङ, २१ पुस  ः आगामी माघ तेस्रो साता खोटाङमा आठौँ लाटोकोसेरो तथा हुचिल महोत्सव गरिने भएको छ । अन्तर्राष्ट्रिय लाटोकोसेरो दिवसको अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव गर्न लागिएको हो ।

लाटोकोसेरो तथा हुचिल संरक्षणमा टेवा पु¥याउने उद्देश्यले प्रकृतिका साथीहरु नामक संस्था र वडा कार्यालय जालपाको सहकार्यमा माघ १८ र १९ गते उत्सव आयोजना गरिएको मूल आयोजक समितिका संयोजक एवं वडाध्यक्ष विकास राईले बताउनुभयो । उत्सवको पहिलो दिन लाटोकोसेरोसम्बन्धी लघु म्युजियम प्रदर्शनी, विभिन्न प्रजातिको चरा अवलोकन, प्रकृतिको तस्वीर खिच्ने, घिर गाडे, झुलो चकमक र लाथ्रोलगायत लोपोन्मुख खेल प्रदर्शनी गरिने शुक्रबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

‘लाटोकोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौँ’ भन्ने नारासहित सञ्चालन हुने उत्सवको दोस्रो दिन वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीबाट लाटोकोसेरो संरक्षणसम्बन्धी नृत्य, स्थानीय तामाङ समुदायको डम्फु र सेलो, शेर्पाको सेब्रु, किरात राईको साकेला र मारुनी, हिन्दू महिलाको सङ्गिनी नाच, गुरुङ जातिको सालैज्यू, बालन, सडक नाटक, हाक्पारे गीत, मुर्चुङ्गा तथा बिनायो, पीपीरी, यलम्बर, मादल, बाँसुरीलगायतका स्थानीय बाजा प्रदर्शनी गरिने छ । उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट, लाटोकोसेरोसम्बन्धी जानकारी दिने सूचना, चित्र तथा फोटो, त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्राकृतिक विज्ञान सङ्ग्रहालयको लाटोकोसेरोको नमूना, गहुँको छवाली, चुरा तथा माटोबाट बनाइएका लाटोकोसेरोसमेत प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।

उत्सवको अवसरमा विद्यालयस्तरीय लाटोकोसेरो चित्रकला, निबन्ध, कथा तथा कविता प्रतियोगितासमेतको आयोजना र प्रदर्शनी गरिने जनाइएको छ ।
धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु र दोलखापछि यस वर्ष खोटाङको जालपामा उत्सव गर्ने तयारी गरिएको प्रकृतिका साथीहरु नाम संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us