२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

गोरखा साम्राज्यसम्बन्धी प्रथम-राष्ट्रका दृष्टिकोणबारे बहस हुने !

दैलो न्युज दैलो न्युज
पुस २४, २०७५ १४:४२ मा प्रकाशित
ShareTweetPin

२४ पौष , काठमाडौं । गोरखा साम्राज्यलाई नेपालका प्रथम-राष्ट्रहरूले कसरी बुझ्दै आएका छन् भन्ने सम्बन्धमा बहस हुने भएको छ । उक्त कार्यक्रमको आयोजकमा ताम्सालिङ नागरिक समाज साथै संयोजकमा एस.सि.आर.सि. रहेको छ । कार्यक्रम यही पुस २६ गते नेपाल तामाङ घेदुङ सङ्घीय कार्यालय चुच्चेपाटी (हायत्गेटअगाडि)को सभाहलमा हुनेछ । कार्यक्रको चोहो (अध्यक्ष) डा. मुक्तसिंह तामाङ (मानवशास्त्री) तथा गन्बामा डा. गणेश योञ्जन (जापानका लागि नेपाली पूर्वराजदूत) रहनुहुनेछ । वक्ताहरूमा बुद्धछिरिङ मोक्तान (राजनैतिक विश्लेषक), विश्वभक्त दुलाल ‘आहुति’ (मार्क्सवादी चिन्तक/विश्लेषक) साथै मोहन गोले (अध्यक्ष- नेपाल तामाङ घेदुङ) रहनुहुने जनाएको छ
हरेक वर्ष पुस २७ गतेलाई एकता दिवसको रूपमा मान्दै आएको देखिन्छ । त्यसको शुरूवात राजा महेन्द्रले गरेका थिए । सन् २००६ को लोकतान्त्रिक आन्दोलनले भने एकता दिवसलाई मान्यता दिएन । त्यसैले पुस २७ गतेलाई एकता दिवसको नाममा राज्यले दिँदै आएको सार्वजनिक बिदासमेत कटौती गर्यो । यद्यपि, हिन्दूराज्यसत्ताको पक्षपातीहरूले भने सो दिनलाई एकता दिवसको रूपमा मान्न छाडेका छैनन् । राज्यसत्ताले पनि पुनः सन् २०१७ देखि एकीकरण दिवसको मान्दै आएको देखिन्छ ।
एकता दिवसको पक्षधरका अनुसार पृथ्वीनारायण शाह नेपाल राष्ट्रको निर्माता हुन् । यहाँका बाइसे र चौबीसे लगायतका अनगिन्ती साना भूरेटाकुरे राज्यहरूलाई उनैले एकीकृत गर्दै आधुनिक नेपालको निर्माण गरेका थिए । सोही आधारमा पृथ्वीनारायण शाहलाई बडामहाराजाधिराज भन्ने गरेका छन् । उनैको जन्मजयन्तीको अवसरलाई नै एकता दिवसको रूपमा मान्दै र मान्न दबाब दिँदै आएका पनि छन् ।
यहाँका प्रथम-राष्ट्रहरूले भने एकता दिवसलाई नै कथित दिवसको रूपमा बुझ्दै आएका छन् । पृथ्वीनारायण शाहले एकता गरेका थिएनन् । उनले भौगोलिक रूपमा गोरखा साम्राज्यको विस्तार मात्रै गरेका थिए । भावनात्मक तथा सामाजिक, सांस्कृतिक रूपमा कहिल्यै एकता वा एकीकरण भएकै छैन । यहाँ एकल हिन्दूराज्यसत्ताले जबरजस्त एकता दिवसको नाममा हिन्दूत्त्व लाद्दै आएको छ । यो देश निर्माणको क्रममा यहाँका प्रथम-राष्ट्रहरूमाथि अक्षम्य युद्धअपराध तथा ज्यादति गरेका थिए । उनीहरूका अनुसार पृथ्वीनारायण शाह राष्ट्र निर्माता थिएनन् । तिनले राष्ट्र (प्रथम-राष्ट्र/आदिवासी/मूलबासी)लाई सखाप पारेका थिए । यसप्रकार राष्ट्र भनेको देश होइन । राष्ट्र त तामाङ, गुरुङ, मगर, थारु, नेवार, रार्इ र लिम्बु आदि हुन् ।
यही तथ्यको अपव्याख्या गर्दै असली राष्ट्रलाई जातिको रूपमा बुझ्नेको कमि छैन । यहाँ प्रथम-राष्ट्रहरूले आफ्नो अधिकारको लागि आवाज उठाउँदा जातिवादी तथा अराष्ट्रियताको झूटो आरोप लगाउने क्रम रोकिएको छैन । कथित नेपाली राज्यसत्ताले राज्यराष्ट्रको अवधारणालाई अघि सार्दै यहाँका असली राष्ट्रहरूमाथि घोर अमानवीय व्यवहार गर्दै आएको छ । यो आरोप मात्रै नभएर ऐतिहासिक रूपमा पनि प्रमाणित भएको इतिहासविद्हरू दाबी गर्दछन् । पृथ्वीनारायण शाहले प्रथम-राष्ट्रका पुर्खाका शीर गिँढ्दै; नारीहरूमाथि चरम् यौन शोषण समेत गरेको थियो । जीउ, धन र भूमि समेत खोसेर विभेदपूर्ण खाडलमा पुरेको थियो ।
पृथ्वीनारायण शाहले युद्ध जितेपछि पहिले हारेको दिनलाई सम्झँदै प्रथम-राष्ट्रका नाक-कान काट्ने र छाला तार्ने जस्ता युद्ध अपराध समेत गरेका थिए । त्यसैले पनि आफूहरूलाई यहाँका आदिवासी वा मूलबासी भएको दाबी गर्दै आएका प्रथम-राष्ट्रहरूले भने पृथ्वीनारायण शाहलाई एकीकरणकर्ता वा राष्ट्र निर्माताको सट्टा युद्ध अपराधीको रुपमा चिन्दै आएका छन् । यसपालिको पुस २७ नजिकिइसकेको छ । केही व्यक्ति तथा पार्टीले एकता दिवसको नाममा सार्वजनिक बिदा मागिरहेका छन् । तथापि, प्रथम-राष्ट्रहरूका अनुसार, यो दिवसले आफूहरूमाथि बिगतमा गरेका अमानवीय व्यवहारको झल्को दिँदै विद्रोहको लागि आह्वान गरिरहेको छ ।
अहिलेको विश्वजगत्लाई हेर्ने हो भने प्रथम-राष्ट्रहरू पहिचानको मुद्दामा लामबद्ध हुँदैछन् । यस्तो परिवेशबीच कथित एकता दिवसमाथि यहाँका प्रथम राष्ट्रहरूले आफ्नो अभिमत राख्न पाउने भएका छन् । यसकालागि ताम्सालिङ नागरिक समाजले ”गोरखा साम्राज्य : नेपालका प्रथम-राष्ट्रहरूको दृष्टि” शीर्षक जुराएको छ । यसक्रममा गोरखा साम्राज्यप्रति प्रथम-राष्ट्रका बुझाई, इतिहास लेखनमा भएका गल्तीलाई सच्याउँदै कसरी आपसी सद्भावना स्थापना गर्न सकिएला ? यहाँ बहुल राष्ट्रिय एकता कसरी निर्माण गर्न सकिएला भन्ने सम्बन्धमा सेमिनार शैलीको बहस गर्ने भएको छ । यसप्रकार ऐतिहासिक कार्यक्रम हुने भएकोले सहभागिताकालागि आयोजक ताम्सालिङ नागरिक समाजले आह्वान गरेको छ । कार्यक्रमलाई वार्षिक रूपमा निरन्तरता दिँदै जाने संयोजक संस्था एस.सि.आर.सि.ले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us