इसरोकार संवाददाता माघ ९ काठमाडौं l संघीय समाजवादी फोरम नेपालको राजनीतिक समितिले आयोगद्धारा प्रस्तुत गरिएको स्थानीय निकायको प्रतिवेदनलाई ठाडै अस्वीकार गरेको छ ।
स्थानीय निकायको प्रतिवेदन संघीयताको मूल अवधारण विरोधी, लोकतान्त्रिक मुल्य र मान्यताका विपरीत रहेको र विभेदकारी रहेको फोरम नेपालको ठहर छ ।
जसमा स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रलाई धरापमा पार्ने कार्य गरेको निष्कर्ष निकाल्दै फोरम नेपालले सो प्रतिवेदनलाई खारेज गर्न माग गर्ने निर्णय गरेको हो ।
सरकारले नश्लीय एकल जातीय राज्यसत्तालाई निरन्तरता दिन लोकतन्त्र र संघीयताको मूल्य मान्यता विपरीत स्थानीय निकायको तह निर्धारण गरेको फोरम नेपालको निष्कर्ष छ ।
यसैगरि, प्रादेशिक क्षेत्राधिकारका विषयहरु स्थानीय निकायहरुलाई गाउँपालिका, नगरपालिका, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रहरुलाई पूर्ण रुपमा प्रादेशिक क्षेत्राधिकार भित्र राख्नु पर्ने माग गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-