२०७९ साउन २५, बुधबार
August 10, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

कालिकाेटमा खाने पानीकाे चरम अभाव

दैलो न्युज दैलो न्युज
माघ ९, २०७३ १०:३९ मा प्रकाशित
कालिकाेटमा खाने पानीकाे चरम अभाव
ShareTweetPin

माघ ९- कालिकोट–जिल्लाका अधिकांश ग्रामिण क्षेत्रमा खानेपानीको चरम अभाग भएको छ। खानेपानीको क्षेत्रमा काम गर्ने निकायको लापरवाहीले गर्दा गाउँमा स्थानीयले खानेपानी अभाव झेल्नु परेको हो। विकासका पूर्वाधार मध्यकै समस्याका रुपमा खानेपानी देखिएको कोटवाडा–३ का गणेश विष्टले दुखेसो पोखे। जिल्लामा एक दर्जन भन्दा भेरै गैरसरकारी संस्था र सरकारी कार्यालय भए पनि इलाका नम्वर ५ मा पानीको चरम अभाव भएको विष्ट बताउँछन् ।

विष्टले थपे, ‘गाउँमा पीउने पानी छैन। स्वास्थ्य संस्थामा उस्तै हालत छ। गाउँमा पानीको अवस्थाले गर्दा निकै नाजुक छ।’ कोटवडाको स्वास्थ्य चौकीमा बिग्रिएको धारा मात्र छ। विरामी र स्वास्थ्यकर्मीलाई पानी चाहियो भने गाउँमा गएर ल्याउनु पर्ने अवस्था छ। सरसफाइको कुरा भन्दा पनि पीउने पानी नै घरबाट बोकेर ल्यानु पर्ने बाध्यता भएको स्वास्थ्यकर्मी प्रकाशकुमार विष्टले बताए।

उनले भने, ‘विरामीलाई घरबाटै पानी ल्याएर आउनुस भन्नु पर्छ। कुनै पनि क्षेत्रबाट खानेपानीको सहयोग भएको छैन्। ’ जिल्लाका धेरै दुर्गम गाउँमा पानीको चरम अभाव छ । रकु गाविसको ३ नम्वर वडामा पनि रित्ता धाराहरु छन् । तर पानीको निकै अभाव छ। रकु–३ र ४ वडाका ८० घरधुरीका स्थानीयवासीले खानेपानी अभाव झेल्नु परेको छ । दलित समूदाय भएको यो गाउँमा पानीको हाहाकार मचिएको स्थानीय बताउँछन्। स्थानीय शिक्षक लालबहादुर गिरीका अनुसार गाउँमा पीउने पानीको चरम अभाव छ। विद्यालयमा बालबालिकाले पिउने पानी पाएका छैनन्।

जिल्लाको पलाता क्षेत्रमा पर्ने धौलागोह र खिन गाविसमा पनि पानीको निकै अभाव छ । बनजंगल नभएको सुख्खा क्षेत्र भएका कारणले पनि पानीको अभाव हुने गरेको हो। विगत लामो समयदेखि यहाँका स्थानीय पानीको अभाव झेल्दै आएका छन् ।

जिल्लाको खानेपानीको अवस्थालाई सहज गरी ग्रामिण क्षेत्रमा पहुँच पुगाउने आफू प्रचिबद्ध रहेको खानेपानी सरसफाई तथा सव डिभिजन कार्यालयका प्रमुख कुलप्रसाद पौडेल बताउँछन्। उनले भने , ‘आगामी हुने जिल्ला परिषदमा सवै गाविसलाई पानी अभाव नहुने गरी योजना बन्दै छ। हाल सवै गाविसमा पानीको अभाव भएको छैन । केही गाउँमा मात्र पानीका समस्या देखिएको हो।’

गाउँ भन्दा पनि सदरमुकाममै ठूलो पानीको समस्या देखिएको मान्मका स्थानीले बताएका छन्। बजारमा साझँ विहान एक एक घण्टा पानी छोड्ने गरिएको छ । दिनप्रतिदिन मानिसको संख्या बजारमा बद्दै गएपछि खानेपानीको अभाव झनै बढेको छ।

कालिकोटमा ८० प्रतिशत खानेपानीको पुहँच पुगेको जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितीले तथ्यांकमा देखाएको छ। जिल्लालाई खुला दिशामुक्त घोषणा गरिए पनि अहिले सम्म पानीको अभावले सदरमुकामका सार्वजनिक शौचालय एउटा पनि प्रयोगमा छैनन्।

यस्तै जिल्ला अस्पताल कालीकोटले पनि विगत दुई वर्ष यता खानेपानीको अभाव झेल्दै आएको छ । खानेपानी नभएका कारण अस्पतालमा उपचार गर्न आएका विरामी र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई समस्या भएको हो । दैनिक जिल्ला अस्पतालमा ६० देखि ७० जना सम्म बिरामी स्वास्थ्य चेकजाँच गर्न आउने गरेका भए पनि पानी अभाव भएको अस्पतालले जनाएको छ । विरामीले औषधीसंग खाने समेत पानी पाउँदैनन्।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us