११ फागुन, पोखरा । पश्चिमाञ्चलकै जेठो नीजि विद्यालय माउण्ट अन्नपुर्ण माध्यमिक विद्यालयको शनिवार ४० औं अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।
पोखरा ३, नदिपुर भिसी मार्गस्थित विद्यालयको अभिभावक दिवस तथा पुरसकार वितरण कार्यक्रमको प्रमुख अतिथि प्रदेश सरकारका सामाजिक विकास मन्त्री नरदेवी पुनले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो।
प्रमुख अतिथिय मन्तव्य व्यक्त गर्नुहुदै शिक्षा विकासका लागि नीजि क्षेत्रको योगदानको प्रसंसा गर्नुभयो। उहाँले शिक्षालाई अहिले नै राज्यले पुर्ण रुपमा सामुदायिकीकरण गर्न सक्ने अवस्था नभएकाले नीजि विद्यालयहरुले अझै सेवा प्रदान गर्नुपर्ने बताउनुभयो। सरकारको तर्फबाट नागरिकलाई गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि सक्दो साथ रहने उहाँको भनाई थियो। सस्तो, सुलभ र थप गुणस्तरीय शिक्षाका लागि नीजि क्षेत्रसँग अनुरोध गर्दै माउण्ट अन्नपुर्णले पश्चिम क्षेत्रको शिक्षामा पुर्याएको योगदानको प्रसंसा गर्नुभयो।
कार्यक्रममा शुभकामना व्यक्त गर्नुहुदै प्याव्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्माले नीजि क्षेत्रले शिक्षामा पुर्याएको योगदानलाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभयो। बेला बखत राज्यका तर्फबाट नीजि क्षेत्रमा प्रहार भइरहेकाले दुख व्यक्त गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिजकाजी गुरुङले स्वागत गर्नुहुदै नीजि क्षेत्रले शिक्षा क्षेत्रमा पुर्याएको योगदानलाई अवमुल्यन गर्दै राज्यले दुख दिइरहेकोमा आपत्ति जनाउनुभयो। नागरिकलार्य सर्बसुलभ, सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने दायित्व राज्य हो, राज्यले दायित्व पुरा गर्न नसकिरहेको अवस्थाम नीजि क्षेत्रले राज्यलाई नै सघाइ रहदा नीजि क्षेत्रलाइ प्रोत्साहनको सट्टा त्रसित गराइरहेको बताउनुभयो। शिक्षालाई अबदेखि सरकारले क्रमिक रुपमा व्यवस्थापन गर्दै लैजानुपर्दछ, सधै नीजि क्षेत्रले भार थेगेर बस्न नसक्ने उहाँको गुनासो थियो।
अभिभावक केशब अधिकारीले शुभकामना व्यक्त गर्नुहुदै माउण्ट अन्नपुर्णको योगदान, विद्यालयको व्यवस्थान, गुणस्तरीय शिक्षाको प्रसंसा गर्दै अभिभावक, शिक्षक र विद्यार्थी तीनैवटाको सकरात्मक पहलमा असल शैक्षिक वातावरण बन्ने बताउनुभयो। अभिभावकले विद्यालयलाई दोष देखाएर होइन कि आफ्नो दायित्व समेत पुरा गर्दै बाबुनानीलाई गुणस्तरीय शिक्षाका लागि कस्तो वातावरण बनाउने भन्नेबारेमा सहयोग गर्नुपर्ने बताउनुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिजकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीको तर्फबाट कल्पना शर्माले स्वागत गर्नुभएको थियो भने विद्यालयका प्रिन्सिपल सइन्द्र श्रेष्ठले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा दीर्घ सेवा सम्मानसहित वर्षभर उत्कृष्टता हासिल गरेका विद्यार्थीहरुलाई सम्मान, कक्षाका प्रथम, द्धितिय, तृतिय विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने विद्यार्थीहरुले विविध साँस्कृतिक प्रस्तुतीहरु सन्देशमुलक नाटक प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-