१८ फागुन , काठमाडौं । मिस तामाङ २०१९ को ताज सरिता तामाङले पहिरेकी छन् । काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित ग्रान्ड फिनालेमा २२ सुन्दरी प्रतिस्पर्धीलाई पछि पार्दै उनीले १२ औं संस्करणको ताज जितेका हुन् ।
उनलाई मिस तामाङ २०१८ की विजेता सिमरन स्याङ्बोले ताज पहिर्याइदिइन् । उनले एक लाख नगद र सिल्बर क्राउन, गिप्ट हेम्पर पाइन् । उनलाई पछ्याउँदै फस्ट रनरअप सबिना दोङ, सेकेन्ड रनरअप अप्सरा स्याङ्तान, थर्ड रनरअप कबिता योञ्जन र फोर्थ रनरअप लक्किसा स्याङ्बो भएका छन् । उनीहरूले क्रमशं नगद ५० हजार, २५ हजार र सिल्बर क्राउन, गिप्ट हेम्पर प्राप्त गरेका छन् ।
एभरेष्ट फेशन होम र नेपाल तामाङ कला सांस्कृति केन्द्रको संयुक्त आयोजनामा सम्पन्न भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-