चन्द्र बहादुर तामाङ्ग
फागुन २४ सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा नजिकैको गाबिस साबिक को बतासे -८ भुवागाउमा जन्मेका गायक आस्मान लोप्चन ।
सानै उमेरदेखि कला क्षेत्रमा रुचि राख्ने उनी स्कुले दिनहरु देखिनै आफ्ना विद्यलयका कार्यक्रमहरुमा मात्र नभई आसपासका सबै बिद्यालयमा समेत आफ्नो कला देखाउन पुग्दथे ।
बिद्यर्थि जिबनमै जिल्ला स्तरिय नृत्य प्रतियोगितामा द्धितिय स्थान हाँसिल गर्न सफल भयकै कारण कला क्षेत्रमा केही गर्न सक्छु भन्ने उनको मनमा परेको थियो ।
नृत्य बाटै गायन सुरु गरेका गायक लोप्चन कुशल संचारकर्मि समेत हुन । सिन्धुपाल्चोक जिल्लाको पहिलो तामाङ भाषाका समाचार वाचक आस्मान संग ५ बर्षको रेडियो अनुभब पनि छ । रेडियो सिन्धु बाटै आफ्नो फ्यान फलोवर बनाएका गायक आस्मानको गायन यात्रा सुरु लगतै झनै शुभचिन्तक बढेका छन ।
सेलो गितलाई आफ्नो गायन शैलि बनाउदै अगि बढेका उनले अहिले सम्मा ४ वटा गितहरु युटुब मार्फत सार्वजनिक गरिसकेका छन ।
पहिलो गित आस्याङकि छोरी दोस्रो हिमाल पारिको गाउँ तेस्रो नक्कलि गोरि ठिटिलाई र चौथो बल्लपो तामाङको हुल उठेउ , पाँचौ लेकमा जाँदा लेक लाग्ने , छैठौं नक्कलि कान्छि भेट भयो आज र सातौं लोक दोहोरि गित प्राण भन्दानि प्यारो छ हाम्रो रोधि घर भन्ने हो।
आफ्नो पहिलो गित आस्याङकि छोरी क्या राम्रिले नसोचेको तरिकाले स्रोता दर्शकको मन जितेको बताउछन ।
अहिले सम्म ( २००) दुई सय भन्दा बढि स्टेज कार्यक्रम गरिसकेका उनले धेरै जिल्लाहरु कार्यक्रमकै दौडानमा घुमिसकेकाछन ।
त्यस्तै अहिलेको नयाँ गित `बल्लपो तामाङको हुल उठेउ´ खान्दोके सेलो हो । विशेष गरि सिन्धुपाल्चोक जिल्ला आस-पासमा प्रचलित भाका खान्दोके सेलो गितको भिडियो सार्वजानिक भय लगतै झनै चर्चा चुलियको छ ।
मौलिक तामाङ सेलोलाई भिडियोमा पनि मौलिक रुपमा तामाङको छेवार (ब्रतबन्ध) लाई आफ्नै भेषभुषासहित प्रस्तुत गरेकै कारण धेरै तामाङ सेलो दर्शकले रुचाएका बताउछन।
गायक आस्मान लोप्चनको आफ्नै शब्द संगित र स्वरमा रहेको गितलाई बुद्ध लामा तितुङले निर्देशन गरेका हुन ।
स्वयम गायक आफै अभिनित भिडियोमा प्रितम तामाङ , रन्जिता तामाङ ,आस्मा लामा र बले तामाङको दमदार अभिनय रहेको छ ।
रामेश्वर जिरेलले खिचेको भिडियोलाई दिपक तामाङले सम्पादन गरेका हुन भने छायांकन सिन्धुपाल्चोक जिल्लाको धुस्कोटमा गरिएको हो । ३ लाख ५० हजार भन्दा बढि दर्शकले युटुबमा हेरिसकेका छन बल्ल पो तामाङको हुल उठेउलाई ।
तामाङ समुदायमा सैलुङ्गे जुहारि ,फापरे सेलो ,म्हेन्दोमाया भनेझै खान्दोके सेलो पनि तामाङ सेलो भित्रको एक पाटो हो ।
भिडियो सहित
प्रतिक्रिया लेख्नुहोस्:-