२ चैत , काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं. १ स्थित जलविरे दोबाटेमा अवस्थित कपिलेश्वर महादेव मन्दिर जागृति समुह हगाम नेपालले पुननिर्माण सुरु गरेको छ ।
शनिबार सैलुङअनलाइनको सभाकक्ष, काठमाडौंमा पत्रकार सम्मेलन गरी फागुन २० गते शिवरात्रीमा जग शुभारम्भ गरी कार्य अगाडि बढाएको जानकारी दिए ।
आगामी २ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम थालनी गरेको संस्थाका अध्यक्ष पूर्णबहादुर श्रेष्ठले जानकारी दिए । स्वस्थानी ब्रतकथामा बर्णित ब्रम्हायणी नदीको तटमा अवस्थित सो मन्दिर प्राचीनकालमा एक ग्वालाको गाईले सधैं सोही स्थानमा आएर दिनहु दुध चढाउने गरेको देखेर गाउँलेले सो स्थानमा महादेवको मन्दिर बनाई पूजा आराधना गर्न थालिएको हो । यसअघि संस्थाले श्रीमद भागवत महायज्ञ समेत गरिसकेको छ, अध्यक्ष श्रेष्ठले भने ।
३० रोपनी जग्गा राजेन्द्रबिक्रम शाहदेवको पालामा मन्दिरको लागि गुठीमार्फत भुमी उपलब्ध गराएको ताम्रपत्रमा उल्लेख भएको विज्ञप्तिमार्फत जानकारी दिए ।
परापुर्बकालमा महादेवले सतिदेवीको शरीर बोकेर हिंड्ने क्रममा सोही स्थानमा देवपतन भएको किंवदन्ती पाईन्छ । सतिदेवीकोे अंगपतन हुने क्रममा घाँटीको भाग सो स्थानमा पतन भएको हुनाले सो मन्दिरलाई कपिलेस्वर महादेव नामाकरण गरिएको कहावत छ । पर्यटकीय हिसाबले जुगल हिमालको काखमा पर्ने कपिलेश्वर मन्दिर सुन्दर र मनमोहक छ ।
अनुमानित ४ करोडको लागतमा दोश्रो पशुपतिनाथको रुपमा मन्दिर निर्माण गरिन लागेको संस्थाका कोषाध्यक्ष लेखबहादुर राउतले बताए । मन्दिर बनिसकेपछि धार्मिक तथा सांस्कृतिक पर्यटनको ढोका खुल्नेसमेत उनले उल्लेख गरे ।
संस्थाले त्रिपुरासुन्दरा गाउँपालिकाको विभिन्न विद्यालयहरुमा शैक्षिक समाग्री सहयोग गर्नुका साथै विभिन्न चाडपर्वहरुमा स्वास्थ्य शिविर एवं चेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेका उपाध्यक्ष डिलमाया जिआरले बताइन् ।
प्रतिक्रिया लेख्नुहोस्:-