२०७९ जेष्ठ ७, शनिबार
May 21, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

  निर्वाचनमा वाघ, सत्तामा पुगेपछि मुसा बन्नेहरूबाट होशियार हुनुपर्छ : सांसद श्रेष्ठ !

दैलो न्युज दैलो न्युज
चैत्र ३, २०७५ ०६:०३ मा प्रकाशित
  निर्वाचनमा वाघ, सत्तामा पुगेपछि मुसा बन्नेहरूबाट होशियार हुनुपर्छ : सांसद श्रेष्ठ !
ShareTweetPin
काठमाडौँ, २०७५ चैत्र २ । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र प्रसाद श्रेष्ठलाई पहिचान र सङ्घीयताको आन्दोलनका साथै मातृभाषामा शिक्षाको अभियानमा पुर्याएको योगदानको कदर गर्दै काठमाडौँको हनुमानढोकामा एक भब्य कार्यक्रम आयोजना गरी नेपालभाषाका १५ वटा संघसंस्थाहरूले  सामुहिक रूपमा सम्मान गरेको छ ।
सांसद श्रेष्ठले लामो समयदेखि भाषिक अधिकारका लागि चलिरहेको आन्दोलनको मागलाई देशको सङ्घीय संसदमा राख्नुका साथै मातृभाषामा शिक्षाका लागि सम्बन्धित समुदायले नै स्कूल खोल्नुपर्ने गरी ल्याएको सरकारी विधेयकको विरोध गर्दै सङ्घीय गणतन्त्रमा मातृभाषामा शिक्षादिने जिम्मेवारी सरकारले नै लिनुपर्ने गरी संशोधन प्रस्ताव दर्ता गर्नुका साथै त्यसलाई पारित गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो ।
नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले सङ्घीय व्यवस्थामा वहुभाषिक नीति कार्यान्वयन गर्नु पर्नेमा स्थानीय तहको अधिकार क्षेत्रमा रहेको माध्यमिक तहमा समेत मातृभाषाबाट शिक्षा दिनुका सट्टा संस्कृतलाई शिक्षाको अलग विधा भन्दै प्राथमिकता दिएकोमा संशोधन प्रस्ताव राखी स्थानीय तहमा बाहुल्यतामा रहेको भाषामा शिक्षा दिलाउने गरी विधेयक संशोधन गर्न विशेष भुमिका खेलेका थिए । त्यसरी नै भविष्यमा मुआब्जा दिए पनि हुने गरी सडक विस्तारको नाममा गैरन्यायिक ढङ्गले जनतालाई उठीबास गर्न पाउने गरी आएको आवास सम्बन्धी विधेयकलाई पीडितको पक्षमा संशोधनसहित पारित गराउन पनि उनले भुमिका खेलेका थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथि जनकवि दुर्गालाल श्रेष्ठले सांसद श्रेष्ठलाई सम्मान पत्र प्रदान गर्नुका साथै उनले उत्पीडित समुदायको मुक्तिका लागि खेलेको उत्कृष्ट योगदानको प्रशंसा गरे । उनले भने, ‘राजेन्द्र श्रेष्ठ निस्वार्थ रूपमा र निडरका साथ सबै उत्पीडितहरूको आवाज संसदमा घन्काउन सक्ने नेताको रूपमा देखापरेकाले उनी सम्मानयोग्य भएको छ ।’ श्रेष्ठले मातृभाषामा शिक्षाका लागि युगौंदेखि चलिरहेको आन्दोलनलाई सार्थक बनाउन संसदमा कानुन निर्माणका लागि जुन ऐतिहासिक भूमिका निर्वाह गर्यो त्यसलाई जनताले युगयुग सम्म सम्झने छ भन्दै जनकवि दुर्गालाल श्रेष्ठले अरु सांसदहरूलाई पनि राजेन्द्र श्रेष्ठबाट सिक्न अनुरोध गरे ।
उक्त कार्यक्रममा सम्मानित व्यक्तित्व सांसद श्रेष्ठले आफुले कुनै ठूलो काम गरेको नभई पहिचान सहितको सङ्घीयताका अभियन्ता तथा नेपालभाषा आन्दोलनको कार्यकर्ता भएको नाताले आफ्नो कर्तब्य मात्र पूरा गरेको बताए । उनले सङ्घीय व्यवस्थामा एकात्मक राज्य हुँदा जस्तो सबै तहको शिक्षा केन्द्रको क्षेत्राधिकारमा नभई प्रदेश विश्वविद्यालय र उच्च शिक्षा प्रदेशको क्षेत्रासधकारभित्र र १२ कक्षा सम्मको माध्यमिक शिक्षा स्थानीय तहको क्षेत्राधिकारभित्र रहेको बताउँदै उनले अहिले १२ कक्षा सम्म स्थानीय तहले नै मातृभाषामा शिक्षा दिने स्कूल खोल्न पाउने गरी सङ्घीय कानुन बनिसकेको हुँदा अब स्थानीय तहलाई स्कूल खोल्नका लागि झकझकाउन अनुरोध गर्नुका साथै नखोले आन्दोलन गर्नुपर्ने बताए ।
नेता श्रेष्ठले एक समय तमुवान मगरात भन्दै पहिचानको आन्दोलनमा लागेका मुख्यमन्त्रीले ४ नम्बर प्रदेशलाई पार्टीको आदेश भन्दै गण्डकी नाम राखेर पहिचानको आन्दोलनलाई धोका दिएको बताए । उनले १ नम्बरमा पनि त्यहाँका मुख्यमन्त्रीले पहिचानयुक्त नाम राख्नुको सट्टा आफ्नो मालिकको निर्देशन पर्खेर बसेको बताए । निर्वाचनका बेला पहिचानको मुद्दामा वाघ जस्तो गरी गर्जने तर सत्तामा पुगेपछि पार्टी नेताहरूसामु मुसा जस्तो बन्नेहरूबाट होशियार हुनुपर्ने बताए ।
सांसद श्रेष्ठले ३ नम्बर प्रदेशमा नेकपालाई भोट हालेर ३ नम्बर प्रदेश नेवाःताम्सालिङ वा नेपालमण्डल भनेर भन्नेहरू हाँसोका पात्र मात्र भएको भन्दै उनले भने, ‘तितो फल रोपेर मिठो फल फल्दैन ।’
संयुक्त सम्मान कार्यक्रमका संयोजक श्रीकृष्ण मानन्धरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेवाः अगुवा तथा राजनीतिक अभियानका संरक्षक डा. महेशमान श्रेष्ठ, नेपालभाषा मिसा खलःका अध्यक्ष मंगला कारंजीत, नेपालभाषा मंका खलः ललितपुरका अध्यक्ष ऋपि प्रसाद श्रेष्ठ लगायतया वक्ताहरूले पनि संसदमा सांसद श्रेष्ठको भूमिकाको प्रशंसा गरे । कार्यक्रम अभियानका सचिव विद्या चित्रकारले सञ्चालन गरेका थिए भने स्वागत शिक्षा गुथिका अध्यक्ष विष्णु चित्रकारले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us