मकवानपुर
चैत्र 3
थाहा नगरपालिका ५ को ठूलो फाखलमा गत शुक्रबार करेन्ट लागेर १५ वर्षिय कल्पना लामा घाईते भएकि छिन् । करेन्ट लाग्नासाथ उपचारको निम्ति विर हस्पिटल लगिएको तर विर हस्पिटलबाट किर्तिपुर अस्पतालमा विरामीलाई तुरुन्त सिफारिस गरिएको उनका बुबा ओमसाङ लामाले जनाएको छ ।
रेडक्रसको आयोजनामा भईरहेको खानेपानी योजनामा श्रमदान गर्दै गर्दा पोलको अभावका कारण तत्रीएको तारले अकस्मात छुँदा उनी बेहोस भएकि थिईन । उनिलाई त्यस अवस्थामा देखेपछि स्थानियले बल्लतल्ल तारबाट अलग गर्न भ्याएको थियो । नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले त्यस स्थानका स्थानियले पटक पटक अनुरोध गर्दा पनि घटना स्थलको पोल फेर्न अटेर गरेकोमा घटना पश्चात स्थानियहरु आक्रोसित भएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-