२०७९ साउन २४, मङ्लबार
August 9, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

देशको राजनीति सङ्घवादी र गैरसङ्घवादीबिच ध्रुविकृत हुँदै गएको छ: सहअध्यक्ष श्रेष्ठ

दैलो न्युज दैलो न्युज
चैत्र ७, २०७५ ०५:४३ मा प्रकाशित
देशको राजनीति सङ्घवादी र गैरसङ्घवादीबिच ध्रुविकृत हुँदै गएको छ: सहअध्यक्ष श्रेष्ठ
ShareTweetPin

भक्तपुर, २०७५ चैत्र ५ :सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा पार्टी नीति तथा कार्यक्रम मस्यौदा समितिका संयोजक राजेन्द्र प्रसाद श्रेष्ठले अहिले देशको राजनीति सङ्घवादी र गैरसङ्घवादीबिच ध्रुविकृत हुँदै गएको बताएको छ । उनले उक्त कुरा पार्टीको नीति तथा कार्यक्रम मस्यौदा समितिको आयोजनामा भक्तपुरको सूर्यविनायकमा भएको कार्यशाला गोष्ठीमा समापन मन्तव्य दिंदै बताएको हो ।
संयोजक श्रेष्ठले सङ्घीय समाजवाद प्राप्तिका लागि नेपालको बाटो कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको दस्तावेज मस्यौदाका लागि पार्टी नीति निर्माणमा जिम्मेवार पार्टीका केन्द्रीय विभागहरू तथा संयन्त्रका प्रतिनिधिहरूबिच सङ्क्षिप्त अवधारणा सहितको कार्यपत्र प्रस्तुत गरेका थिए । उनले दस्तावेज मस्यौदापूर्वको कार्यशालाले दस्तावेजप्रति कार्यकर्ताहरूको अपनत्व हुने बताए ।
नेता श्रेष्ठले नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टीले पनि समाजवादकै कुरा गरिरहेको सन्दर्भमा सङ्घीय समजवाद तिनीहरूको भन्दा के के कुरा फरक छ भन्ने कुरा स्पष्ट आउनुपर्ने र ती पार्टीहरूको विचारको समायोजन जस्तो हुन नहुने सहभागीहरूको सुझावलाई दस्तावेज मस्यौदा गर्दा ध्यान दिने बताए । उनले भने, ‘सङ्घीय समाजवाद कम्युनिष्ट पार्टीहरूले भने जस्तो राज्य नियन्त्रित लोकतन्त्र र राज्य नियन्त्रित अर्थतन्त्र होइन न त यो नेपाली काङ्ग्रेसले आफ्नो स्थापना कालमा भने जस्तो पुँजीवादी लोकतन्त्र र माक्र्सवादी अर्थतन्त्रको समायोजन नै हो ।’ उनले भने, ‘सङ्घीय समाजवाद सङ्घीय शासन प्रणालीमा आधारित समाजवादी लोकतन्त्र र समाजवादी अर्थतन्त्र हो । यो नेपाली समाज परिवर्तनको मौलिक बाटो हो ।’
नेपालमा आफूलाई समाजवादी भन्ने पुराना पार्टीहरू कसैले पनि नेपालको बहुराष्ट्रियतालाई सम्बोधन गर्नका लागि अन्तर्राष्ट्रिय मान्यता अनुरूप सङ्घवादलाई राज्यशक्ति बाँडफाँड गरी शासन सञ्चालन गर्ने शासन प्रणालीसम्बन्धी सिद्धान्तको रूपमा ग्रहण गर्न नसकेको बताउँदै उनले अब नेपालको राज्यसत्ताले समतामूलक समृद्धि र समावेशी विकासका लागि नेपालमा समाजवाद सँगसँगै सङ्घवादलाई पनि सिद्धान्तको रूपमा ग्रहण गर्नुपर्ने बताए ।
कार्यशालामा दस्तावेज मस्यौदा समितिका सदस्यहरू तथा केन्द्रिय विभाग र संयन्त्रका प्रतिनिधिहरू गरी ५४ जना उपस्थित थिए । कार्यशालामा राजनीतिक नीति, आर्थिक नीति, सामाजिक तथा साँस्कृतिक नीति तथा परराष्ट्र लगायतका विविध नीति गरी ४ समूहमा विभाजित भई कार्यपत्रमाथि छलफल भएको थियो । टोली नेताहरूको रूपमा समूह क बाट पदम अधिकारी, समूह ख बाट डा। उमाशंकर प्रसाद र छायाँ शर्मा पन्त, समूह ग बाट प्रेम थापा र समूह घ बाट आङ्काजी शेर्पाले सुझाव प्रस्तुत गरेका थिए । समूह छलफलमा सबै प्रतिनिधिहरूले उत्साहका साथ आफ्नो सुझाव प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us