माघ ९- पपुवा न्यू गिनीमा आइतबार शक्तिशाली भूकम्प गएको छ । बोगेनभिले द्वीपमा ७.९ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पबाट भएको धनजनको क्षतिबारे विवरण आइसकेको छैन । भूकम्पको केन्द्र अरावाबाट ४७ किलोमिटर पश्चिमतर्फ सतहबाट एक सय ५४ किलोमिटर गहिराइमा रहेको बताइएको छ ।
प्रशान्त सुनामी चेतावनी केन्द्रले केही तटीय क्षेत्र र नजिकैको सोलोमन द्वीप समूहमा सुनामीको चेतावनी जारी गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-