२०७९ जेष्ठ ८, आइतवार
May 22, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

सात बङ्गुरबाट सुरु गरेको व्यवसायी , सोनाहाको सङ्घर्ष

दैलो न्युज दैलो न्युज
चैत्र ९, २०७५ ०४:३६ मा प्रकाशित
ShareTweetPin

घोडाघोडी, ९ चैत :  गाउँघरमा रोजगारीको सम्भावना नदेखेका युवा भारतलगायत तेस्रो मुलुक पलायन भइरहेका खबर आइरहँदा कैलालीको घोडाघोडी नगरपालिका–८ का एक युवा भने गाउँमै आफ्नो भविष्य खोज्दै सङ्घर्ष गरिरहेका छन् ।

विगत सात वर्षदेखि स्थानीयवासी बलबहादुर सोनाहा बङ्गुरपालन व्यवसाय गर्दै आउनुभएको छ । शुरुआतमा सात बङ्गुरका बच्चाबाट व्यवसाय थाल्नुभएका उहाँसँग हाल १०० बङ्गुर छन् । “आफ्नै गाउँमा केही गर्ने सोच बनाएर यो व्यवसाय सञ्चालन गरेको हँु”, उहाँले भन्नुभयो, “अहिले सोचेअनुरुपको आम्दानी हुन थालेको छ ।” सोनाहाको व्यवसाय देखेर जिल्ला पशु सेवा कार्यालयले रु दुई लाख अनुदान दिएको छ ।

करीब १५० बङ्गुर पाल्ने लक्ष्य राखेका सोनाहाले रु छ लाख लगानी गरी व्यवस्थित खोर बनाएका छन् । केही समयमै बङ्गुर थप्ने तयारी उहाँले गर्नुभएको छ । सोनाहाले व्यावसायिक रुपमा बङ्गुरपालन गरेर छोटो समयमै आर्थिक अवस्था सुधारेको उहाँका छिमेकी वसन्त चौधरीले बताउनुभयो । “शुरुमा घरखर्च हामीबाट ऋण लिएर चलाउँथे”, उहाँले भन्नुभयो, “अहिले हामीले ऋण माग्नुपर्ने अवस्था छ ।”

अल्पसङ्ख्यक सोनाहा जातिको कैलाली जिल्लाभर सात परिवारको मात्रै बसोबास छ । बङ्गुरपालन व्यवसाय शुरु गर्नुअघि उहाँको आर्थिक अवस्था निकै दयनीय थियो । “दैनिक छाक टार्न समस्या हुन्थ्यो”, सोनाहाले भन्नुभयो । उहाँलाई परिवारको खर्च धान्न साहुबाट ऋण निकाल्नु पर्ने अवस्था थियो । ऋण पाउन पनि मुस्किल थियो । साहुले पत्याउँदैनथे । यस व्यवसायमा लागेपछि सोनाहाको आर्थिक अवस्था फेरिएको छ । उहाँ भन्नुहुन्छ, “पहिले म सोनाहा विकास समाज बर्दियाको सचिव थिए, इन्टरनेसनल संस्था जिएनको सहयोगबाट हामीले रु १७ लाख लगानीमा बङ्गुरपालन गरेका थियौँ । अहिले सोनाहा सहकारी संस्थालाई सो फार्म हस्तान्तरण गरेका छौँ ।”

सोनाहा विकास समाजमा बस्दा बङ्गुरपालनको अनुभव लिएपछि व्यवसायमा लाग्न सहज भएको उहाँले बताउनुभयो । “सबैभन्दा मुख्य कुरा सीप र अनुभव रहेछ”, सोनाहाले भन्नुभयो, “जोश जाँगर र साहस भए सबै यही गर्न सकिन्छ ।” कैलालीमा बङ्गुरपालनको राम्रो सम्भावना देखेर यही पेसा रोजेको उहाँको भनाइ छ । सोनाहाले अहिले वार्षिक रु तीन लाख आम्दानी गर्नुहुन्छ । व्यावसायिक रुपमा लागेपछि घर खर्च र छोराछोराछोरीको पढाइ खर्च व्यहोर्न सहज भएको उहाँको भनाइ छ ।

रोजगारीका लागि ठूलो लगानीमा विदेश गएर अर्काको मुलुकमा पसिना बगाउनुभन्दा स्वदेशमै आत्मनिर्भर बन्न सकिने उहाँको धारणा छ । ठूलो लगानी गरेर विदेशिनुभन्दा सोही खर्चमा मेहनत गरे पर्याप्त आम्दानी गर्न सकिन्छ । थोरै जमीनमा बढी उत्पादन कसरी गर्न सकिन्छ भन्ने सोचेर, यस व्यवसायमा लागेको सोनाहाले बताउनुभयो । उहाँसँग मेसान, पाख्रेबास, डिउरोक र ल्यान्ड्रेस जातका बङ्गुर छन् । एउटा बङ्गुरले सातदेखि १८ वटासम्म बच्चा जन्माएको उहाँले बताउनुभयो । “एउटा बच्चा रु चार हजारदेखि रु पाँच हजारसम्ममा बिक्री हुन्छ”, उहाँले भन्नुभयो । बङ्गुरको मल प्रयोग गरी सोनाहाले तरकारी खेती गर्दै आउनुभएको छ । अहिले उहाँले मल समेत बिक्री गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “मुलुकलाई आत्मनिर्भर बनाउन उद्योग र व्यावसायिक विकासमा राज्यले पनि लगानी गर्नुपर्छ ।”

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us