१० माघ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रा.डा. गोविन्द पोखरेलले सिंहदरबारको मुख्य भवन भत्काउन नदिने बताएका छन् । नटबोल्टले कसेर भए पनि सिंहदरबारलाई नढलुञ्जेल सम्म यत्तिकै अड्याएर राख्न उपयुक्त हुने पोखरेलको भनाइ छ ।
सरकारलाई कार्यालय चाहिएको भए अन्यत्रै बनाउन सक्ने तर सिंहदरबारको स्वरुप नभत्काई राख्नुपर्ने डा. पोखरेलको भनाइ छ ।
भूकम्पले सिंहदवारको दक्षिणी मोहडमा क्षति पुगेको छ । भूकम्पपछि प्रधानमन्त्रीको कार्यालय समेत सिंहदवारको मूल भवनबाट नजिकैको अर्को भवनमा सरेको छ ।
पोखरेलले सिंहदरबारको पुनर्निर्माणबारे इसरोकारसँग कुरा गर्दै भने- ‘सिंहदरबारको फ्रन्ट किन भत्काउने ? अर्को घर बनाउन सरकारलाई अन्यत्र जग्गा छैन र ? त्यहीँ अफिस राखेर बस्नुपर्छ र ? भूकम्प आउँदा नढल्ने गरी राख्ने हो, म्युजियमका रुपमा ।’
डा. पोखरेलले भने- ‘म बाहिर छँदा सिहदरबार भत्काउने भनेको सुनेँ र आफैं आएर रोकेँ ।’
प्रतिक्रिया लेख्नुहोस्:-