२०७९ जेष्ठ ४, बुधबार
May 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

मुद्दा मामिलामा व्यस्त हुने कानून व्यवसायी यतिबेला भोट माग्नमा व्यस्त

दैलो न्युज दैलो न्युज
चैत्र १६, २०७५ ११:५५ मा प्रकाशित
मुद्दा मामिलामा व्यस्त हुने कानून व्यवसायी यतिबेला भोट माग्नमा व्यस्त
ShareTweetPin

काठमाडौँ, १६ चैत  : रामशाहपथस्थित सर्वोच्च अदालतमा कालोकोट लगाएर कानून व्यवसायी भोट माग्नमा व्यक्त देखिन्छन् । सधैँ अर्कोको मुद्दा मामिलामा व्यस्त हुने कानून व्यवसायी यतिबेला आफ्नै नेतृत्व छान्नमा व्यस्त देखिन्छन् ।

कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा देशभरिका कानून व्यवसायीले आफ्नो नेतृत्व छान्दैछन् । निर्वाचनमा प्रगतिशील, पेशागत तथा समावेशी समूह र वृहत लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा भइरहेको छ ।

कानून व्यवसायीले आ–आफ्नो समूहलाई जिताउन अहिले सर्वोच्च अदालत अगाडिको पङ्क्तिमा लामवद्ध छन् । मतदान केन्द्र सर्वोच्चभित्र उम्मेदवार आ–आफ्नो समूहमा लामवद्ध भएर भोट माग्नमा व्यस्त छन् भने बाहिर हातहातमा पर्चा पम्पलेट लिएर लाइनमा बसेका मतदातासँग उम्मेदवारका समर्थकले मत मागिरहेको देखिन्थे ।

उनीहरु नमूना मतपत्रसहित आफ्नो उम्मेदवारको पक्षमा मत मागिरहेका देखिन्छन् । उम्मेदवारले दिएको नमूना मतपत्र, पर्चा पम्पलेटले मतदाताका हात भरिएका देखिन्थे । मतदान केन्द्रभित्र र बाहिर पर्चा पम्पलेटले छरिएर रहेका देखिन्थे ।

प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार अधिवक्ता सुनीलकुमार पोखरेललगायत आफ्ना पक्षमा मत माग्नमा व्यस्त रहेका छन् । सबै मतदातासँग उहाँहरुले नमस्कार गदै र हात मिलाउँदै आफूलाई भोट मागिरहेको देखिन्थ्ये ।

दुवै उम्मेदवारले न्यायलयलाई स्वच्छ, पारदर्शी बनाउने प्रतिबद्धता गरेका छन् । प्रगतिशीलतर्फका उम्मेदवार श्रेष्ठले बारलाई व्यावसायिक निष्ठा र प्राज्ञिक बार बनाइका न्यायलयमा हुने अनियमितता र भ्रष्टाचारलाई न्यूनीकरण गर्ने बताउनुभयो ।

यस्तै लोकतान्त्रिक तर्फका उम्मेदवार पोखरेलले न्यायलय माथिको विश्वासलाई कायम गर्ने भन्दै बारलाई व्यावसायिक बनाउने बताउनुभयो । आज ३५ मतदान केन्द्रबाट देशभर रहेका १० हजार ३१३ मतदाताले बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तीन वर्षका लागि नयाँ नेतृत्वका लागि मतदान गदैछन् ।

प्रगतिशील समूहलाई मधेश केन्द्रित कानून व्यवसायी सङ्गठनको सहयोग मिलेको छ भने लोकतान्त्रिक समूहलाई राप्रपा निकट कानून व्यवसायीको सहयोग छ । बारमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एकजना र सातै प्रदेशबाट एक÷एकजना गरी आठजना उपाध्यक्ष निर्वाचित हुनेछन् ।

बारको २५ कार्यसमितिका लागि ६३ जनाको उम्मेदवारी परेको छ ।
प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले सर्वोच्च केन्द्रमा करीब दुई हजार पाँच सय मतदाताले मतदान गरेको बताउनुभयो । उहाँका अनुसार सर्वोच्च बारमा ५९६, उच्चबारमा करीब एक हजार र काठमाडौँ जिल्ला बारमा करीब नौ सय मतदान भएको छ । उहाँले साँझ ४ बजेसम्म देशभरि ८० प्रतिशत मत खस्ने जानकारी गराउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us