२० चैत्र । मानव सहायता केन्द्रले काभ्रे जिल्ला स्थित तेमाल गाउँपालिकामा रहेका २८ विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नेभएको छ ।
कार्यक्रम आगामी चैत्र २५ गते तेमाल गाउँपालिका ५ स्थित श्री नारायणस्थान माविको प्राङ्गणमा हुने भएको छ । सो कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर तामाङ (बमध्व) रहेको आयोजकले बताएको छ ।
तेमालमा रहेको २८ वटा विद्यालयका गरिब, जेहेन्दर र दलित विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्न लागेको केन्द्रका अध्यक्ष दुधराज तामाङले जानकारी दिएका हुन् ।
अध्यक्ष तामाङका अनुसार तेमालका ८ माविका ३२ जना, ११ आधारभूत विद्यालयका ३५ जना र प्राथमिक विद्यालयका १८ गरि ८५ जना विद्यार्थीलाई सो शैक्षिक सामग्री वितरण गरिनेछ ।
यस अघि मानव सहायता केन्द्रले मन्दिर सरसफाइ कार्यक्रम साथै तेमाल गाउँपालिका स्थित सत्यनारायण मन्दिरलाई डस्विन , कुचो इत्यादि सरसफाइसम्बन्धी सामान वितरण गरिसकेको केन्द्रका अध्यक्ष दुधराज तामाङले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-