मोहन तामाङ्ग
पोखरा, ३० चैत्र : कास्की जिल्ला स्तरिय तामाङ्ग महिला भेला सम्पन्न भएको छ ।
नेपाल तामाङ्ग घेदुङ्ग कास्कीको भात्री सगठन नेपाल तामाङ्ग महिला घेदुङ्गको आयोजनामा भएको भेला , तामाङ्ग बौद्ध सेवा समिति
संगमटोलको सभाहलमा सम्पन्न भएको हो ।
“तामाङ्ग महिला सशक्तिकरण, हाम्रो अभियान ” भन्ने मुला नाराका साथ आयोजना गरिएको भेलाको प्रमुख अतिथि नेपाल तामाङ्ग घेदुङ्ग केन्द्रिय सचिवालय तथा तमुवान मगरात प्रदेशका अध्यक्ष वाइवा दिपक तामाङ्गले दिप प्रज्वलन गरेर औपचारिक उद्घाटन गरेका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि तामाङ्गले “तामाङ्ग महिला सशक्तिकरण गर्नको लागि अझै यस्तै कार्यक्रम हुनु पर्ने र महिलालाइ घरयासी काममा मात्रै नभई व्यवासायिक काम पनि केहि गर्नु पर्ने जसले गर्दा परिवारिक आर्थिक सुढ्रिढ हुदै जाने बताउनु भयो ।

कार्यक्रममा नेपाल तामाङ्ग घेदुङ्ग कास्कीका अध्यक्ष तितुंग कृष्ण तामाङ्ग , तामाङ्ग संचार मंच कास्कीका अध्यक्ष मोहन तामाङ्ग , बैदाम तामाङ्ग सेवा समजाका सचिव डोल्मा तामाङ्ग , तामाङ्ग घेदुङ्ग तमुवान मगरात प्रदेशका सदस्य ज्योति तामाङ्ग , प्रथम मिस तामाङ्ग पोखराका बिजेता कविता तामाङ्ग , फ्याफुल्ला सहकारीका अध्यक्ष बिष्णु तामाङ्ग ले शुभकामना मन्तव्य राखेका थिए
थोकर ऋतु तामाङ्ग को सभध्यक्षमा भएको उक्त कार्यक्रमको संचालन पवित्र तामाङ्ग ले गर्नु भएको थियो भए स्वागत मन्तव्य गोमती तामाङ्ग ले राख्नु भएको थियो ।




प्रतिक्रिया लेख्नुहोस्:-