काठमाडौं । दुबै मृगौला पीडित अशोक लामालाई ह्याङ्ला दोलखा काठमाडौं तामाङ समाजको पहलमा आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
समाज र तराना कला केन्द्रद्वारा संयुक्त रूपमा आयोजित बृहत सांस्कृतिक कार्यक्रम मार्फत ४ लाख २० हजार ६ सय ४७ रुपैयाँ पिडित परिवारलाई हस्तान्तरण गरेको समाजका अध्यक्ष सरोज मोहोन लामाले जानकारी दिएका छन ।
समाज र कला केन्द्रले नयाँ बर्ष २०७६ को अवसरमा आयोजना गरेको शुभकामना तथा बृहत सांस्कृतिक कार्यक्रम उक्त रकम जुटाई पिडित परिवारलाई सो रकम हस्तान्तरण गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि संघीय प्रतिनिधि सभा सांसद माननीय पार्बत गुरुङ रहेको थियो भने विशेष अतिथिहरु पुर्ब संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेल, प्रदेश नं. ३ सांसद पशुपति चौलागाईं, सुर्य थापा, श्याम बस्नेत लगायत रहेको थियो ।
कार्यक्रमको पहिलो चरणमा औपचारिक कार्यक्रम भएको थियो भने दोस्रो चरण सांस्कृतिक कार्यक्रम भएको थियो । सांस्कृतिक कार्यक्रममा ख्याति प्राप्त कलाकारहरुले सांगीतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।
बिदेश बाट प्राप्त सहयोग रकम
अमेरिकाबाट ९७ हजार ३ सय ६० रुपैयाँ रहेको छ । प्राप्त जानकारी अनुसार डोल्मा र सन्दिपको पहलमा उठेको रकम १ लाख १० हजार रुपैयाँ भने आउने क्रममा रहेको समाजका अध्यक्ष लामाले जानकारी दिएका छन ।
आयरल्यान्ड
ह्याङ्ला दोलखा काठमाडौं तामाङ समाजका सम्पर्क तथा समन्वय संयोजक सिर्जना तामाङको पहलमा त्यहाँ रहेका नेपालीहरु मार्फत ५० हजार ९ सय ८७ रुपैयाँ रहेको छ ।
साईप्रसबाट
नेपाल तामाङ घेदुङ साईप्रसका अध्यक्ष साङ्मो थोकर र सबिता घिसिङबाट २१ हजार रुपैयाँ सहयोग भएको अध्यक्ष लामाले जानकारी दिएका छन ।
प्रतिक्रिया लेख्नुहोस्:-