पोखरा, ४ बैशाख २०७६:
एकदिनको कुरा हो दार्शनिक सुकरात कतै जानको लागि हिडिरहेको हुन्छ जहा एउटा युवा बाटोमा ठिङ्ग्रिङ्ग मानौ कुनै रुख झैँ उभिएर बसेको हुन्छ।
त्यतिय्न्जेल सम्म सुकरातलाइ वास्ता नै हुदैन जब उ नजिक पुग्छ अनि झसङ्ग हुन्छ मानौ उ कतै अर्कै बाटो पो गए कि भनेर एकछिन सोच्मागन हुन्छ अनि आफुमा म ठिक बाटोमा नै छु भन्ने भएपछी सुकरातले युवा तिर हेर्छ र प्रश्न गर्छ।
सुकरात: बाबु, तिमि किन बिच बाटो छेकेर बस्दै छौ??
युवाले भाबुक हुदै जवाफ दिन्छ : म केहि समय अगाडीबाट नै हजुरलाई भेट्ने शोखले गर्दा यो बाटो बस्दै आएको छु बल्ल आज हजुरलाई भेटे मेरॊ जीवनको ठुलो सपना आज पुरा भयो भन्दै युवामा खुसि छायो ।
सुकारात: बाबु मलाइ भेट्ने नै सपना बोकेर बस्नुको कारण चै के हो??
युवा ; म यो ससारमा एकदमै सफल बन्न चाहन्छु त्यसैले तपाईसग सफलताको रहस्य बुझ्न चाहन्छु।
सुकारात : ठिक छ त्यसो भए भोलि मलाई १० बजे भेट्नु ।
अनि अर्को दिन युवा एकदमै खुसीले गदगद हुदै समयमै भेट्न पुग्छ किनकि अब उ सफताको रहस्य पाएर संसारकै सफल व्यक्ति बन्दै छ।
जब सुकारातलाइ भेट्छ, सुकरातले त्यो युवालाई लिएर नदि तिर जान्छ, युवा अच्चामित हुन्छ मैले त सफलताको रहस्य मात्रै सोधेको किन नदि तिर लैजादै छ मलाई मनमा प्रश्न गर्दा गर्दै नदीमा पुग्छ।
सुकरातले युवाको हात समाउछ र नदीभित्र पस्छ अनि नदीको बिचमा पुगेपछि सुकरातले ति युवालाई दुइ हातले समातेर नदिमा डुवाउछ । युवा यता उता गर्छ केहि गर्दा पनि केहि लाग्दैन किनकि सुकारात एकदमै बलियो तरिकाले समातेर डुबाको हुन्छा
अन्तिममा युवा मर्ला कि जस्तो भएपछी छोड्छ अनि छिटोछिटो पानीबाट मुख बाहिर निकालेर युवा मज्जाले स्वाश फेर्छ
त्यसपछि,
सुकारात : तिमीलाई पानि भित्र हुदा सबैभन्दा आवस्यकिय चिज के लाग्यो ?? तिम्रो मनले के सोच्यो ?
युवा : हावा अर्थात् अक्सिजन।
सुकरात : यहि सफलताको रहस्य ।
त्यसकारण सफलता कुनै जादु होइन एकै छिनमा चमत्कार हुने यो त् हाम्रो भित्रि मनबाट चाहेको एक उपलब्धि हो यसर्थ आफुले जे गर्नुछ त्यसलाई भित्रमन बाटै गर्नुस सफलता तपाइको पछि नलागी सुखै पाउदैन ।
सफलताको पछाडी होइन सफलतालाइ आफ्नो पछाडी दौडाउने गरि काम गर्नुस भाग्य आफै परिवर्तन हुदै जान्छ।
(सामग्री संकलन : मोहन तामाङ्ग )
प्रतिक्रिया लेख्नुहोस्:-