चितवन, वैशाख ५
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको बन्द आह्वानले चितवनको जनजीवन प्रभावित बनेको छ ।
जिल्लाका सबै ठाउँमा चार पाँग्रे सवारी साधानहरु संचालन हुन सकेका छैनन् । जिल्लाको मूख्य बजारहरु नारायणगढ, भरतपुर, टाँडी, पर्सा सुनसान जस्तै छ । शैक्षिक संस्थाहरु ठप्प छन् ।
पार्टीको प्रतिवन्ध फुकुवालगायतका विभिन्न माग राख्दै विप्लवले आज नेपाल बन्द आह्वान गरेको हो । उसले भोलिदेखि प्रधानमन्त्री सवार हुने सबै जिल्लाहरुमा अवरोध सिर्जना गर्ने जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-