१२ वैशाख । मादी गाउँपालिकाको दोस्रो चौमासिकसम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका तथा वडा नं. ८, ९, १०, ११ र १२ मा भएका सेवा प्रवाह तथा विकास निर्माण लगायतका योजनाका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।
मादी गाउँपालिकाको आोजना एवं शुभ पाटी प्रालि पोखराको सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । सार्वजनिक सुनवाई सरकारी निकाय तथा सेवा प्रदायक संस्थाबाट प्रवाह हुने सेवा प्रवाहका बारेमा नागरिकसँग दोहोरो संवाद गराउने उद्देश्य सहित आयोजना गरिएको हो । कार्यक्रमका अवसरमा मादी गाउँपालिकामा आर्थिक बर्ष ०७५÷७६को दोस्रो चौमासिक सम्ममा भएका कामहरुबारेको प्रगति प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले वडामा सञ्चालित योजनाको कार्यान्वयनको अवस्था र सेवा प्रवाहबारे सम्बन्धित वडाका वडाध्यक्षहरुले जानकारी गराउनुभएको थियो ।मादी गाउँपालिका १० थुम्सीकोटमा आयोजित कार्यक्रममा सहभागीहरुले सडक तथा विभिन्न पूर्वाधार निर्माणका क्रममा ठेकेदारहरुले लामो समयसम्म काम नगरेको विषयमा ध्यानाकर्षण गराएका थिए । यसका साथै स्थानीय नागरिकले कृषिमा गाउँपालिकाले ध्यान दिन नसकेको, विउविजन समयमा उपलब्ध नभएको, कृषि उत्पादनको बजार व्यवस्थापन नभएको, बाँदर नियन्त्रण गर्नुपर्ने, प्राकृतिक प्रकोपबाट कृषिमा भएको क्षतिको क्षतिपुर्तिको व्यवस्थापन लगायतका माग गरेका थिए ।
त्यस्तै विद्यालयमा शिक्षक अभाव भएको, पाठ्यपुस्तक किन्नमा समस्या भएको पुल नहुँदा विद्यालय जान आउन समस्या रहेको लगायतका विषयमा पनि ध्यानाकर्षण गराएका थिए । स्वास्थ्य संस्थामा औषधि व्यवस्था नभएको बारे पनि सार्वजनिक सुनुवाईका क्रममा प्रश्न उठेको थियो ।
सो क्रममा सहभागीका जिज्ञासा, सल्लाह सुझावलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष एवं कार्यक्रमका अध्यक्ष विष्णु आचार्य पौडेल, प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, प्राविधिक ईं.महेन्द्र आचार्य, शिक्षा शाखा प्रमुख हिमलाल शर्मा, कृषिका हिरालाल शाह लगायतले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । सार्वजनिक सुनुवाईमा सहजीकरण पत्रकार घनश्याम पाण्डेय राज शर्माले विश्वाज सुवेदीले
गाउँपालिकाको दोस्रो चौमासिकसम्मको कार्यप्रगति विवरण प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बैशाख ८ गतेसम्मको कार्यप्रगति कुल बजेट ३२ करोड ५६ लाख ७७ हजार १ सय ४३ रुपैयाँ पा्रप्त भएको जसमा ३ करोड ६९ लाख १९ हजार ३ सय ८९ आन्तरिक तथा सामाजिक सुरक्षा भत्ता तर्फ ४ करोड ९५ लाख ३६ हजार प्राप्त भएको उल्लेख गर्नुभयो ।
त्यस्तै खर्च तर्फ २०७६ बैशाख ८ गतेसम्म कूल २३ करोड ५५ लाख ६५ हजार ४ सय ३२ जसमा चालूतर्फ १९ करोड ६१ लाख ३० हजार १ सय ८३, पूँजीगत तर्फ ३ करोड ९७ लाख २४ हजार ६ सय ३१ रुपैयाँ र सामाजिक सुरक्षा तर्फ ४ करोड ६८ लाख ६० हजार ८ सय रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
यस अवधिमा ४ वटा गाउँसभा सम्पन्न भई गाउँपालिकाले ४२ वटा ऐन, नियम, कार्य्विधि, निर्दे्शिका पारित गरेको छ । प्रतिवेदनमा गाउँपालिकामा २६११ घरधुरी कायम भई २६ लाख १६ हजार राजस्व प्राप्त भएको, सम्पत्ति करको कम्प्युटर विलिङ, सामाजिक सुरक्षा भत्ता बैंक मार्फत् सबै वडामा नै उपलब्ध गराउने व्यवस्था, विभिन्न योजनाहरु सञ्चालनका लागि उपभोक्ता समिति गठन गरी योजना सम्झौता तथा कतिपय योजना सम्पन्न भई प्राविधिकको मुल्याकंन पश्चात भुक्तानी समेत भएको र कतिपय सञ्चालनमा रहेको उल्लेख छ ।
गाउँपालिकाका तर्फबाट भौतिक पूर्वाधार तर्फ सडक, खानेपानी, वडाका भवन लगायतका विभिन्न संरचना निर्माण सम्बन्धि, कृषि, पर्यटन लगायतका क्षेत्रमा संचालित कार्यक्रम, गाउँपालिकाको गुरुयोजना निर्माणको काम, सेवाग्राही नागरिकलाई गरिएको सहयोग, विभिन्न तालिम अनुशिक्षण कार्यक्रम, गाउँपालिकाका तर्फबाट भएका अध्ययन अवलोकन भ्रमण लगायतका विषयमा प्रतिवेदनमा समावेश गरी प्रस्तुत गरिएको थियो ।
त्यस्तै कर संलकन सम्बन्धि रहेका अस्पष्टतालाई घरधुरी कायम गर्ने विषय, घटना दर्ता २५ दिनसम्म निशुल्क, कारोबार सानो भएमा करको दायारमा समावेश नगरी छुट दिने, असहाय एवं विपन्न अवस्थाका र दीर्घ रोघीहरुको सिफारिस निशुल्क, टोल विकास संस्था दर्ता, बै)क खाता खोल्ने र भूकम्पपीडितलाई घरनक्सा पास निशुल्क रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार पूँजीगत तर्फ कूल १८ प्रतिशतमात्र कार्यप्रगति रहेकामा केही ठूला पूवार्धार वडा कार्यालयका भवनको लागि टेण्डर प्रक्रिया हुने चरणमा रहेकाले आर्थिक बर्षको अन्त्य सम्ममा ९५ प्रतिशत बजेट कार्यान्वयन हुनेछ ।
त्यस्तै. १०का अध्यक्ष कुलप्रसाद गुरुङले स्वागत गर्नुका साथै वडा नं. १०का तर्फबाट भए गरेका सेवा प्रवाह र योजना प्रवाहको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले समग्र वडाभित्र विभिन्न ३२ वटा योजना रहेकामा १५ वटा सम्पन्न भएको र बाँकी १७ वटा योजना कार्यान्वयनको चरणमा रहेको बैशाखभित्र सबै योजना कार्यान्वयन भइसक्ने जानकारी दिनुभयो । पूर्वाधार निर्माणतर्फका कार्यक्रम करिव सम्पन्न भएको उहाँको भनाई रहेको थियो ।त्यस्तै वडा नं. ११ का अध्यक्ष मित्र गुरुङले वडाभित्र विभिन्न २९ वटा कार्यक्रम रहेकामा २२ वटा सम्पन्न भएको, २ वटा सञ्चालनमा रहेको र ५ वटा कार्यक्रम शुरु नै नभएको जानकारी दिनुभयो । सेवा प्रवाहलाई सहज बनाउनेतर्फ आफ्नो पहल रहेको उहाँको भनाई रहेको छ । उहाँले सडकको स्तरोन्नति गर्ने, वडा कार्यालयको स्तरोन्नति गर्नुपर्ने लगायतमा पहल गर्ने बताउनुभयो भने सेवा प्रवाहलाई स्थानीय नागरिकको घरदैलोसम्मै पुर्याउने प्रयास भइरहेको सार्वजनिक सुनुवाईमा गराउनुभयो ।वडा नं. १२ का अध्यक्षका तर्फबाट वडा सदस्य इन्द्रबहादुर क्षत्रीले वडा कार्यालय नहुँदा सेवा प्रवाहमा समस्या रहेको बताउनुभयो । वडा कार्यालय विद्यालयको कोठा भाडामा लिएर सञ्चालन भइरहेको र शौचालय समेतको समस्याका बाबजुद पनि सेवा प्रवाहलाई सरल बनाउने उहाँको भनाई थियो । ३ घण्टा पैदल हिडेर वडा कार्यालय पुग्नुपर्ने अवस्था रहेको उहाँको भनाई थियो ।
उहाँले टोल सुधार गठन भई दर्ता भएको, जानकारी दिनुभयो भने वडाका योजनामध्ये ९० प्रतिशत सम्पन्न भइसकेको र लक्षित वर्ग तर्फको योजना पनि बैशाखभित्रमै सम्पन्न हुने जानकारी दिनुभयो । वडा कार्यालय निर्माणका लागि जग्गा प्राप्ति भएको जानकारी उहाँले दिनुभयो ।
उहाँले प्रदेश र संघले सञ्चालन गर्ने योजनालाई स्थानीय सरकारको समन्वय नहुँदा समस्या भएको उल्लेख गर्नुभयो । आफू विधेयक समितिमा पनि रहेको तर सो समितिको कार्य्विधि नबनेको, सचिवालय नरहेकोले काममा समस्या भएको उहाँको भनाई छ ।
सुशासन समितिका संयोजक विष्णु गौतमले भ्रष्टाचार न्युनीकरण गर्न सुशासन आवश्यक हुने बताउनुभयो । उहाँले समितिको कार्य्विधि नबन्दा कार्य सम्पादन हुन नसकेको जनप्रतिनिधि नै जिम्मेवारी विहीन रहेको गुनासो समेत गर्नुभयो । सबैको सहयोगले मादीलाई सुशासन सहितको गाउँपालिका बनाउन सकिने उहाँको भनाई थियो ।
सार्वजनिक सनुवाईमा गरिएको प्रतिबद्धता
शिक्षा सम्बन्धि उठेका अनुदान लगायतका जिज्ञासा बैशाख महिनाभित्र सम्बोधन हुने, र बाँकी समस्या प्रधानाध्यापकको बैठकमा छलफल गरिने समाधानको पहल गरिनेछ ।
पूर्वाधार निर्माणमा लापरवाही गर्ने निर्माण व्यवसायीलाई जवाफदेही बनाउनका लागि आवश्यक छलफल र पहलकदमी लिने क्रमलाई निरन्तरता दिइनेछ ।
स्वास्थ्य संस्थाहरुमा औषधिहरुको व्यवस्थापन गरिएको छ, आगामि आर्थिक बर्षको शुरुको समयलाई समेत पुग्ने गरी पुनः औषधि व्यवस्थापन गरिनेछ ।
विद्यालय व्यवस्थापन समितिलाई शिक्षकको सरुवामा आवश्यक परामर्श्विना सहमति नदिन गाउँपालिका शिक्षा समितिको सुझाव रहेको छ ।
कृषि, पर्यटन र जलश्रोतलाई प्राथमिकतामा राखेर कार्ययोजना बनाउने र कार्यान्वयन गर्नेतर्फ गाउँपालिकाले ध्यान दिनेछ ।
टेलिफोन र इन्टरनेट सेवा प्रवाहमा रहेको प्राविधिक समस्या समाधानका लागि पहल गरिनेछ ।
विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकीका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि डिपिआर बनाउने तथा यसै आर्थिक बर्षमा नै निर्माण प्रक्रिया शुरु गर्नका लागि टेण्डर प्रक्रिया शुरु गरिनेछ । बनाउनेतर्फ योजना बढेको छ ।
कृषकले राखेका कृषि उत्पादनको बजार व्यवस्थापन, दुग्ध संकलन केन्द्र स्थापना गर्ने पहलको सुझाव सकारात्मक छ । आगामि आर्थिक बर्षमा यस्ता योजना समावेश गर्न पहल गरिनेछ ।
असिना पानीबाट क्षति पुर्याएकाको क्षतिपुर्ति सम्बन्धमा पहल गरिनेछ ।
वडामा परेका अधिकांश योजना कार्यान्वयन भएका र केही बाँकी पनि बैशाख मसान्तसम्ममा सम्पन्न गर्ने प्रतिवद्धता जनाइएको छ ।
वीउविजन वितरणलाइ प्रभावकारी बनाउने, कृषकको न्यूनत्तम लागत पाउने खालको व्यवस्थापनमा पहल गरिनेछ ।
विद्युत महशुल गाउँपालिकाभित्रैबाट तिर्ने व्यवस्था आगामि आर्थिक बर्षबाट पहल हुनेछ ।
सामाजिक सुरक्षा भत्ता बैंक मार्फत् गाउँपालिकाका सबै वडाबाट वितरणको व्यवस्था मिलाइएको छ । यसलाई थप सहज बनाउँदै लगिनेछ ।
विद्युत महशुल गाउँपालिकाभित्रैबाट तिर्ने व्यवस्था मिलाउनेतर्फ पहल भइरहेको छ । स्वास्थ्य सेवालाइ प्रभावकारी बनाउने तथा सरसफाईलाई व्यवस्थापन गरिनेछ ।
सूशासनको सूचाकं, जनसन्तुष्टीको अवस्था, गाउँपालिकाकाबाट उपलब्ध सेवा, बस्तु र संचालित विकास कार्यक्रमको अवस्था नागरिक समक्ष प्रस्तुत गरिएको र प्राप्त सुझावलाई ग्रहण गरी कार्यान्वयन गरिनेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-