१२ वैशाख , काठमाडौं । तामाङ चलचित्र संघका अध्यक्ष विकु बहादुर थोकर (विकु थोकर) ले पत्रकारहरु प्रति धम्किपुर्ण भाषा प्रयोग गरेप्रति तामाङ अनलाईन पत्रकार ग्रुपले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरेको छ ।
संघका अध्यक्ष थोकरले बैशाख ११ गते एक कार्यक्रममा चलचित्रको विषयमा समीक्षा गर्ने पत्रकारहरुलाई जे पनि गर्न सक्ने धम्की दिएका थिए । संबिधान प्रदत्त प्रेस स्वतन्त्रता माथिको नाङ्गो हस्तक्षेप गर्नु निन्दनिय रहेको विज्ञप्तीमा उल्लेख छ । चलचित्रको विषयमा टिप्पणी गर्न नपाउँने भन्दै धम्क्याएको प्रति २४ वटा अनलाईनहरुले घोर आपति जनाएका छन् ।
थोकरले अनलाईन ग्रुपका अध्यक्ष प्रितम कुमार तामाङको समाजिक सञ्जालमा चलचित्रको विषयमा समीक्षा गरेको भन्दै चलचित्रको विषयमा राम्रो पक्ष मात्र लेख्नु पर्ने नराम्रो पक्ष लेखेमा जुन सुकै परिस्थितिमा आफूले जे गर्न पनि तयार रहेको बताएका थिए । विज्ञप्तीमा संघका अध्यक्ष थोकरले सार्वजनिक स्थलमा राखेको वक्तव्यलाई सार्वजनिक रुपमा सच्याउन समेत अनुरोध गरेका छन् ।
निर्वाध रुपमा पत्रकारिता गर्ने वातावरणमाथि खलल पुर्याउने काम कोही कसैबाट नहोस भन्दै निज थोकरलाई कानूनी दायरामा उभ्याएर कारवाहीको लागि जोडदार माग गरेको विज्ञप्तीमा छ ।
प्रतिक्रिया लेख्नुहोस्:-