२०७९ जेष्ठ ७, शनिबार
May 21, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

यस कारण ने.म.बि.स पिएन क्याम्पस समितिमा अटाईन : किरण राना मगर

दैलो न्युज दैलो न्युज
बैशाख १३, २०७६ १५:३० मा प्रकाशित
यस कारण ने.म.बि.स पिएन क्याम्पस समितिमा अटाईन : किरण राना मगर
ShareTweetPin

सर्बप्रथम, नेपाल मगर बिद्यार्थी सँघ पृथ्वीनारायण क्याम्पस ईकाई समितिको २१ औं अधिबेशनबाट नबनिर्बाचित टिमलाई बधाई साथै पदको हैसियत धान्न सक्ने गरी कार्यकाल सम्पन्न होस् भारी शुभकामना ।

कुनै पनि जातिय संस्था राजनैतिक वास्नाबाट नजिकिदैन भन्ने बुझाईका साथ बिगत ३ बर्ष देखी पिएन क्याम्पस समितिमा नजिकिए । त्यसोत पहिचानबादको मुद्धासँग हिमचिम गर्दै आएको म एजेण्डा मिल्ने र मेरो समुदायको भाषा कला तथा संस्कृतिको जगेर्ना तथा प्रशासकिय पहुचको लागि क्याम्प्स समितिमा सदस्यको रुपमा जोडिएको थिए ।

संस्थाको मर्यादा अनुसारको काम गर्दै जादा बिस्तारै राजनैतिक खोल ओड्ने सिमिति ब्यक्तिहरुको दुर्गन्ध मेरो मानसपटल सम्म पस्यो । जसले संस्थालाई बिगत देखी नै आफ्नो मुठ्ठिमा राख्दै आएका छन् । मैले वेवास्ता गरे त्यस्ता कुराको अनि निरन्तर सामाजिक कार्य र मगर समुदायको पक्षमा हुने कार्यक्रममा सक्रिय रुपमा भाग लिदै आए, काम गर्दै गए ।

४ नं प्रदेशको नामारण तमुवान– मगरात हुनुपर्छ भन्दै पहिचान पक्षधरका बिद्यार्थीहरुको नेतृत्व गर्दै पोखरामा गरेको आन्दोलन स्मरण गर्दा छाति चौडा बनेर आउँछ । नितान्त मेरो भोगाई र बुझाईका शब्दहरु तपाईहरु बाचन गर्नुहुदै छ । मेरो धेय कसैलाई आक्षेप लगाउनु होईन ।

जातिय संस्थाको नाममा राजनैतिक झुण्डहरुको झोला बोक्न नसक्ने भएकै कारण र कसैको गोटी नबन्ने प्रण गर्दै म नेपाल मगर बिद्यार्थी सँघ पृथ्वीनारायण क्याम्पस ईकाई समितिबाट उपाध्यक्ष पदबाट बिदा लिए, भनौ या बिदा दिईयो त्यो पनि २१ औं क्याम्पस अधिबेशन (बैशाख १२ गतेको दिन) को दिन कुनै खास ब्यक्तित्वहरुद्वारा जो बिगतका बर्ष देखी नै क्याम्पस समितिको स्टेरीङ घुमाउदै आउनुभएको छ ।

सायद उहाँहरु नभएको भए हजारौ अध्ययन गर्ने पि.एन क्याम्पसमा सिमित मगर बिद्यार्थीहरु त्यो पनि गन्ति गर्न सक्ने गरी गोलबन्द हुने थिएनन् होला । संस्था आफैमा गर्बिलो संस्था हो । कुनै दुई मत छैन तर संस्थालाई ह्याण्डलिङ गर्ने ड्राईभरले गति र लिग बिरायो भने दुर्घटना निम्तिन सक्छ । त्यसैले बिकास निर्माणको भाषामा ठेकेदारी र संस्थाको अगुवाहरुलाई हेक्का हुन पर्छ ।

हाम्रो मान्छे होइन राम्रो मान्छे को हो र कस्ले पदको वजनलाई कायम गर्न सक्छ । सायद जिम्मेवारी त्यो ब्यक्तिको काँधतर्फ आकर्षित हुन्छ जस्ले जिम्मेवारी सहजै बोक्न सक्छ ।

रोचक प्रशंग अझ योपनि छ कि तपाई २१ औं पि.एन क्याम्पस अधिबेशनको मेरो अुनभवहरु पढ्दै हुनुहुन्छ जो गत अधिबेशन कुरा हो जब मैले अध्यक्ष पदको लागि उमेद्वारी दिने निर्णय गरेपछि अग्रज भनौदाहरुले मलाई यति सम्म भन्न भ्याए कि “तिमि नेकपामा आउने भए अध्यक्ष हुन्छौ होईन भने अधिवेशनको दिन त्यही अनुसारको राजनिति हुन्छ” भनेर मलाई एक जनजाति नेता टोप्लिनेले केही दिन अगाडी उसकै डेरामा बोलाएर प्रलोभन देखाएका थिए ।

सोही क्रममा उनले भनेको कुरा अन्य सहकर्मीहरुले पनि भनेको हो भन्ने ठान्नु भनेर समेत सुझाएको सम्झिदा त्यो सोच र प्रबृति देख्दा दया लागेर आउँछ, कठै ! यसरी जातिय संस्थामा औधी राजितिनि हुन्छ र पहिचानबादी बिचारलाई नै निषेध गरिन्छ भन्ने प्रमाण नेपाल मगर बिद्यार्थी सँघ पृथ्वीनारायण क्याम्पस ईकाई समितिमा हालिमुहाली गर्ने अग्रजहरुबाट प्रष्ट बुझे । यसकारण म सिमित झोलेहरुको गोटी र बफादार कुट्टे बन्न सकिन र नेपाल बिद्यार्थी सँघ पृथ्वीनारायण क्याम्पस समितिमा आटाईन म ।

अन्त्यमा, जातिय उत्थानका लागि खडा गरिएका यावत संस्थामा हुने यस्तो खालको प्रबृति कै कारण स्वदेशमा सिँहका सन्तती हामी स्याल झै लुरुलुरु र स्यालका बच्चाहरु सिँह बनेर जिईरहेछन् जसको कारण नेता टोप्लिने यी टागाधारी मगर नेताहरुकै प्रबृति रहेछन्, जय होस् ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us