२०७९ साउन २६, बिहिबार
August 11, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

अहिलेको सङ्घीयता नहुनु मामाभन्दा कानो मामा बेस भने जस्तो छ : सहअध्यक्ष श्रेष्ठ

दैलो न्युज दैलो न्युज
बैशाख १६, २०७६ ०५:२६ मा प्रकाशित
अहिलेको सङ्घीयता नहुनु मामाभन्दा कानो मामा बेस भने जस्तो छ : सहअध्यक्ष श्रेष्ठ
ShareTweetPin

काठमाडौँ, २०७६ वैशाख १५ । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले अहिलेको सङ्घीयता प्रशासनिक सङ्घीयता मात्र भएको बताउँदै यो जनताका लागि नहुनु मामाभन्दा कानो मामा बेस भने जस्तो भएको बताएको छ । सहअध्यक्ष श्रेष्ठले उक्त कुरा काठमाडौँको नाजार्गुन नगरपालिकाको प्रथम नगर अधिवेशनको उद्घाटन गर्दै बताएको हो । उनले सङ्घीयतामा प्रदेशको मुख्यमन्त्रीको मातहत रहनुपर्ने सिडियोलाई केन्द्रको मातहत राख्नु तथा प्रदेशहरूलाई कमजोर बनाउन खोज्नु सङ्घीयतालाई असफल पार्ने प्रपञ्च भएको बताए ।सहअध्यक्ष श्रेष्ठले नेपालमा समाजवादको वकालत गर्ने काङ्ग्रेसले वैयक्तिक स्वतन्त्रता र सामाजिक उत्तरदायित्वबिच सन्तुलन कायम गर्न नसकेको र साम्यवादको वकालत गर्ने कम्युनिष्ट पार्टीहरू जनताको समृद्धिमा भन्दा आफ्नो व्यक्तिगत समृद्धितर्फ लागेको बताए । उनले कम्युनिष्ट पार्टीहरू सत्तारुढ भएको बेला बालुवाटारको जग्गा तथा खुल्लामञ्चको व्यापार प्रकरण लज्जास्पद भएको बताए । उनले कार्यकर्ताहरूलाई अहिले देखि नै जनताको समस्या बुझ्न घरदैलोमा जानुपर्ने बताउँदै नगार्जुनको प्रत्येक वडामा ससफोको संगठन विस्तार गर्न पनि आग्रह गरे ।ससफो नागार्जुन नगरपालिकाका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको उक्त भेलामा पार्टीका राजनीतिक समिति सदस्य राजन केसीले ससफो नेपाल सबै जाति जनजातिको साझा पार्टी भएको बताउँदै वर्गीय, जातीय, भाषिक, सांस्कृतिक सबैखाले उत्पीडनको अन्त्यका लागि ससफोमा आवद्ध हुनुपर्ने बताए । उनले राजधानीवासीलाई  कर्णालीका खसहरूले पनि सन्तुलित विकासका लागि ससफो चाहेको सुनाए । प्रेमराज शिल्पकारले सञ्चालन गरेको उक्त अधिवेशनमा पार्टीका जिल्ला अध्यक्ष मनरत्न शाक्य, ३ नम्बर प्रदेशका सचिव अर्जुन लम्साल, जिल्ला समिति सदस्य तथा नागार्जुन नगरपालिकाका पूर्व अध्यक्ष हिराकाजी महर्जन, महिला नेतृ सोनाम लामा शाक्य लगायतका नेताहरूले पनि शुभकामना मन्तव्य दिएका थिए ।अधिवेशनमा सङ्घीय समाजवादी महिला फोरमका केन्द्रीय सदस्य अञ्जली वज्राचार्य, पार्टीका जिल्ला सदस्यहरू मंगल रत्न ताम्राकार, राजाराम तण्डुकार, सुरज महर्जन आदिको पनि उपस्थिति रहेको थियो । अधिवेशनले सोनाम लामा शाक्यको अध्यक्षतामा दिवाकर राज गिरी उपाध्यक्ष र अर्जुन थापा सचिव रहेको १७ सदस्यीय नागार्जुन नगर समिति गठन गरेको छ ।
जनताले चाहेमा  त्यस भेगको  विकास र समृद्धिका लागि पुनः नेतृत्व लिन तयार 
त्यसरी नै ससफो, नेपाल तारकेश्वर नगरपालिकाको पनि प्रथम नगर अधिवेशन २०७६ वैशाख १५ गते सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता र तारकेश्वर नगर समिति अध्यक्ष कमल लामाको अध्यक्षतामा नेपालटारमा सम्पन्न भएको छ । अधिवेशनमा सहअध्यक्ष श्रेष्ठले त्यस भेगको विकास निर्माणमा राज्य र निर्वाचित जनप्रतिनिधिहरूले पक्षपात गरेको बताउँदै जनताले चाहेमा त्यस क्षेत्रको विकास र समृद्धिका लागि आफूले पुनः नेतृत्व लिन चाहेको बताए ।तारकेश्वर नगर अधिवेशनले कमल लामाको नेतृत्वमा १५ सदस्यीय नगर समिति गठन गरेको छ । कार्यक्रममा पार्टीका नेता कार्यकर्ताहरूका साथै स्थानीय बुद्धिजीवीहरू कन्हैया प्रधान, सुमन महर्जन लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us