काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहहरुलाई रिक्त पदपूर्तिका लागि मागबमोजिम विवरण पठाउन निर्देशन दिएको छ । रिक्त पदपूर्तिका लागि ७५३ वटै स्थानीय तहलाई यही वैशाख २० गतेसम्म अपुग कर्मचारीको विवरण पठाउन निर्देशन दिइएको हो । मन्त्रालयले गत चैत १४ गते संघ, प्रदेश र स्थानीय तहमा एक लाख ३१ कर्मचारी समायोजन गरेको थियो । स्थानीय तहमा ६६ हजार ९०८ दरबन्दीमध्ये ५० हजार ७९० कर्मचारी समायोजन गरेको थियो । स्थानीय तहमा अझै १६ हजार ११८ कर्मचारी अपुग छ । मन्त्रालयले संघमा ४० हजार ७६९ र प्रदेशमा १४ हजार ६५९ समायोजन गरेको थियो । संघमा सात हजार ६४० र प्रदेशमा सात हजार ६३८ कर्मचारी अझै अपुग छ ।
प्रतिक्रिया लेख्नुहोस्:-