बैशाख २१, सर्लाही
ओम कार्की स्मृति साहित्य प्रतिष्ठानले हालै सर्लाहीको राजघाटमा राष्ट्रिय काव्य गोष्ठी सम्पन्न गरेको छ। कार्यक्रममा देशभरबाट साहित्यक्षेत्रका बिभिन्न प्रतिनिधि स्रष्टाहरूसंगै स्थानिय राजनितिज्ञ,बुद्धिजिबि, समाजसेवी तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो।
२०५६ साल बैसाख १९ गते तत्कालीन बिद्रोही दल माओवादीको एम्वुसमा परि साहादत प्राप्त गरेका प्रहरी जवान ओम कार्कीको २० औं स्मृति दिवसको सन्दर्भ पारेर उक्त कार्यक्रमको आयोजना गरिएको थियो।
प्रतिष्ठानकी अध्यक्ष अम्बिका कार्कीको सभापतित्व तथा प्रा. डा. भीम खतिवडाको प्रमुख आतिथ्यतामा आयोजित राष्ट्रिय काव्य गोष्ठीलाई बागमती नगरपालिका वडा नं ६ का वडाध्यक्ष तथा संस्थाका सल्लाहकार गोविन्द राईले स्वागत मन्तब्य राख्नु भएको थियो भने ओम कार्कीको ब्यक्तित्वमाथी झलनाथ खनाल स्वास्थ्य बिज्ञान प्रतिष्ठान का नवराज भण्डारी तथा पुर्व गाविस अध्यक्ष बिष्णु पुलामीद्वारा चर्चा परिचर्चा गरिएको थियो।
सहिद ओम कार्कीको तस्बिरमा प्रमुख अतिथि प्रा.डा. भीम खतिवडा तथा प्रतिष्ठानकि अध्यक्ष अम्बिका कार्कीद्वारा माल्यार्पणपश्चात् प्रारम्भ भएको उक्त औपचारिक कार्यक्रममा साहित्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याऊंदै आएका स्रष्टाहरूलाई प्रतिष्ठानले सम्मानित गरेको थियो। सम्मानित हुने स्रष्टाहरुमा मकवानपुरका कवि/समालोचक बिर्खे अञ्जान,काठमाडौंका कवि कलानिधि दाहाल, चितवनका महाकाब्यकार केशवराज आमोदी, गजलकार पुष्प अधिकारी अञ्जली, सर्लाहीका मुक्तककार हरिकृष्ण काफ्ले र सुनसरी धरानका समालोचक प्रा.डा. भीम खतिवडालाई ओम कार्की साहित्य प्रतिभा सम्मान द्वारा सम्मानित गरिएको थियोे। दुई सत्रमा बिभाजन गरिएको सो कार्यक्रममा दोस्रो चरणमा बिशेष वाचनकालागि आमन्त्रण गरिएका स्याङ्जाका मिलन समीर, सुर्खेतकी शिवा कार्की, मोरङ्गकी सन्ध्या सापकोटा, दाङका वसन्त वली वसन्ती र बर्दियाका पृथक हिमालले क्रमशः गजल, मुक्तक कविता वाचन गरेका थिए। स्थानीय साहित्यकारहरूको समेत उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रममा दिनेश पोख्रेल,जीवन आचार्य, भाष्कर काजी, सुन्दर कार्की,विना लुङ्गेली,मिना देवकोटा र राजेश्वरी काफ्लेले पनि आ-आफ्नो सिर्जना सुनाएका थिए।
कार्यक्रममा बोल्दै प्रा.डा.भिम खतिवडाले भने- “सहिद ओम कार्कीले राष्ट्रकालागि जुन बलिदानी नेपाली माटोलाई दिएका थिए र त्यही माटोलाई मुटुमा राखेर कलमजिबिहरुको उत्साहका लागि स्थापना भएको प्रतिष्ठानले भोलिका दिनहरूमा जनजिविकाको सवालसँग जोडिएर काम गर्दै जाने हो भने साचो अर्थमा उनलाई सम्मान गरिएको ठहर्छ” साथै उनले यस्ता किसिमको गतिविधिको आयोजनाले सकारात्मक सन्देश मात्रै प्रवाह नगरीकन उत्साहको विजारोपण पनि गर्ने कुरामा जोड दिएका थिए।
गजलकार कमल अर्याल धादिङ्गेद्वारा संचालित उक्त कार्यक्रममा प्रतिष्ठानकि अध्यक्ष अम्बिका कार्कीले सभालाई समापन गर्दै शोकलाई शक्तिमा बदलेर आगामी दिनमा साहित्यमा मात्रै केन्द्रीकृत नभई सामाजिक,साँस्कृतिक रूपान्तरणमा पनि प्रतिष्ठानले काम गर्नेमा उनको जोड रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्:-