२०७९ जेष्ठ ६, शुक्रबार
May 20, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

विप्लव भन्छन्– हत्या योजना बनाएका छैनौं, सरकारले इन्काउन्टर गर्न खोज्दैछ

दैलो न्युज दैलो न्युज
बैशाख ३०, २०७६ ०३:२१ मा प्रकाशित
ShareTweetPin

३० वैशाख, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् ।

नुवाकोटकी ११७ वर्षीया वृद्धा बाटुली लामिछानेबारे एक सामग्री छापेको अन्नपूर्णले आज प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको अन्तर्वार्ता प्रकाशित गरेको छ । अन्तवार्तामा चन्दले शीर्ष नेताहरुको हत्या योजनाबारेको आरोप अस्वीकार गरेका छन् । बरु राज्य आफूहरुको हत्या गर्न अग्रसर भएको उनको दाबी छ ।

‘शीर्ष नेताहरुको समेत हत्या योजना तपाईंहरुले पार्टी बैठकबाटै बनाउनु भयो रे नि ?’ भन्ने प्रश्नको जवाफमा उनले भनेका छन्– यति गम्भीर विषयलाई बजारको व्यापार गराइएको छ, यो नै अनौठो लाग्छ । यो प्रस्ट कुरा हो कि राज्यले हाम्रा नेताहरुलाई इन्काउन्टरसम्मको योजना बनाएर शक्ति सञ्चालन गरेको छ भन्ने सुन्नमा आएको छ ।’

विप्लवले भ्रष्टाचार, अनियमितता, करछलीलगायतका जनपक्षीय मुद्दा उठाएपछि आत्तिएर सरकारले प्रतिबन्धको घोषणा गरेको दाबी पनि गरेका छन् । यसबाट सरकार जनताको भन्दा पनि भ्रष्टाचारी, तस्कर, ठगको भएको पुष्टि भएको उनको जिरह छ । विप्लवले वार्ताबाट पार्टी नतर्सिएको र यसले समाधान दिन्छ भन्नेमा पनि विश्वस्त नरहेको जवाफ दिएका छन् ।

विप्लवले जरजस्ती कसैसँग चन्दा नलिएको स्पष्टीकरण पनि अन्तरवार्तामा दिएका छन् । उनले भनेका छन्– श्रमिक र जनताको धागो पनि लिनु हुँदैन र हामीले लिएका पनि छैनौं ।’

सार्वजनिक जग्गाबारे निरन्तर चासो राख्दै आएको कान्तिपुरले संस्कृत विश्वविद्यालय सञ्चालनका लागि २०१० मा ५६ जनाले दान गरेको दाङ, देउखुरीस्थित १ हजार ३ सय २६ बिघा ७ धुर जमिन अतिक्रमण भएको तथ्य प्रस्तुत गरेको छ । सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही माओवादीले राजपुरस्थित विश्वविद्यालयको सम्पर्क कार्यालय भत्काइ विस्थापित गराएपछि गुमेको जग्गा अहिलेसम्म फिर्ता नभएको समाचारमा उल्लेख छ ।

मिडिया काउन्सिल विधेयकलाई लिएर भइरहेको बहसलाई पनि आज कान्तिपुरले प्राथमिकताका साथ पहिलो पृष्ठमा समेटेको छ ।

नयाँ पत्रिकाले आज प्रदेश सरकारले गरेको पहिलो निर्णयको कार्यान्वयनको सोधीखोजी गरेको छ । समाचार अनुसार, सबैजसो प्रदेश सरकारका पहिलो निर्णय अलपत्र परेका छन् ।

नयाँ पत्रिकामै त्रिभुवन विश्वविद्यालय एसियाको उत्कृष्ट तीन सयभित्र परेको अर्को खबर पनि छ । बेलायतको दी टाइम्स हाइअर एजुकेसन म्यागजिनले त्रिविलाई उत्कृष्ट ३ सयको सूचीमा सूचीकृत गरेको हो ।

सशिस्त्र द्वन्द्वका क्रममा गम्भीर मानवअधिकार हनन गर्नेलाई कालोसूचीमा राख्ने मानवअधिकार आयोगको प्रक्रियाबारे राजधानीले चासो राखेको छ । राजधानीका अनुसार मानवअधिकार आयोगका सदस्यबीचको मतभेदले दोषीको नाम सार्वजनिकमा ढिलाइ भएको छ ।

भियतनाम पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी भ्रमण गर्न गरेको आग्रहलाई गोरखापत्रले मुख्य समाचार बनाएको छ भने कारोबारमा न्यूनतम पारिश्रमिक नदिने अस्पताल कारबाहीमा परेको खबर छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

अनलाईन खबरबाट

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us